Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रदेशकाे नाम किरात र रेशम चौधरीको रिहाइ गर्न माग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 15, 2023
0 shares

काठमाडौं । प्रथम हाङ यलम्बरको स्मृतिमा स्थापित यलेदुङ नव बर्ष बनाउने क्रममा किरात राई यायोक्खाका नेताहरुले प्रदेशको नाम किरात राख्न र रेशम चौधरीलाई तत्काल रिहाइ गर्नुपर्ने बताएका छन् ।

किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समिति मोरङले आज (आइतबार) पथरी साकेला थानमा आयोजित यले नयाँ बर्षको शुभकामना आदान प्रदान तथा माघे संङ्क्रान्ति कार्यक्रममा सो कुरा बताएका हुन् ।

किरात नाम साम्प्रदायिक नभएर कैलाश, कैरातहुँदै किरात भएकोले यो नामले प्रदेशबासीको भावना समेटिने तर्क प्रस्तुत गरे । किरात इतिहास, भूगोल, संस्कृति र सभ्यताको आधारमा प्रस्ताव गरिएको भन्दै १ नं। प्रदेश सभा र सरकार तयार हुनुपर्ने नेताहरुले बताए ।

बक्ताहरुले रेशम चौधरीको बिनासर्त रिहाइ गरिनुपर्ने बताएका छन् । प्रधानमन्त्री र पूर्ब प्रधानमन्त्रीहरुकै भनाइ अनुसार रेशम चौधरीलाई हालसम्म अन्ययपूर्ण रुपमा थुनामा राखिएको बक्ताहरुको भनाइ थियो । कैलालाी घट्ना स्थलमा रेशम चौधरी नभएको लाल आयोगको प्रतिवेदन लुकाएर राज्य आफैले चौधरीलाई अन्यय गरेको बक्ताहरुको आरोप थियो ।

कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले छोटो शुभकामना दिने क्रममा नेपाल सबै जातजातिको साझा फूलबारी भएकोले एक आपसमा प्रेम भाव र सबैको भावनाको इज्जत, सम्मान गर्नुपर्ने बताए । नगरमा भएका सम्पूर्ण जातजाति र भाषाभाषीको बिकासको लागि पथरीशनिश्चरे नगरपालिका तयार रहेको प्रमुख तुम्बापोको भनाइ थियो ।
कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपमहाचिव अर्जुन जम्नेली राई, ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी बेदप्रसाद गौतम, १ नं. वडा अध्यक्ष भीमकुमार राई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

यायोक्खा पथरीशनिश्चरे नगर समिति अध्यक्ष प्रेम वाम्बुले राईको सभापतित्वमा भएको कार्यक्रममा प्रथम हाङ यलम्बरको मूर्तिमा मालाअर्पण, हण्डिफोर, म्युजिकल चेयर्स, बेलुन फुटाइ खेलमा प्रतिस्पर्धा गराउनुको साथै बृद्धाबद्धालाई सम्मान, चियापान र साकेला नृत्य प्रस्तुत भएको थियो ।

हण्डिफोर खेलमा गजेन्द्र राई, म्युजिकल चेयर्समा कला राई र बेलुन फुटाइ खेलको प्रथमहुने बिकिसा राईलाई पुरस्कार प्रदान गरिएको थियो । सचिव निर्माला राईले सञ्चालन गरेको कार्यक्रमा उपाध्यक्ष प्रेम चाम्लिङ राईले स्वागत गरेका थिए ।

यसैवीच आजै किरात राई यायोक्खा केन्द्रीय समितिको आयोजनामा अध्यक्ष जीवन हाताचो राईको सभापतित्वमा निर्वाचित संघीय तथा प्रदेश सभा सदस्यहरुलाई सम्मान गर्दै यले नयाँ बर्ष मनाएका छन् । राई समुदायबाट बिजेता सांसदहरुलाई सम्मान पत्रले सम्मान गर्नुको साथै प्रदेश १ को नाम किरात राख्न वातावरण बनाउन अनुरोध गरिएको यायोक्खा महासचिव भीम राईले बताए ।

पूर्बी नेपालमा बसोबास गर्ने किराती समुदायले माघ १ लाई यले संवतको नयाँ बर्ष मनाउदै आएको छ । यलम्बर किरातकलीन साशन कालको प्रथम हाङ (राजा) अर्थात वर्तमान नेपालको संस्थापक हुन् । यलम्बरले सुरु गरेको सम्बतलाई यले सम्बतको रुपमा मान्दै आएको छ । यले सम्बत आजदेखि ५०८३ लागेको छ । किरात राई, लिम्बू, याक्खा, सुनुवार, सुरेल, जिरेल, थामी र सन्थाल लगायतले यले सम्बद्धलाई मान्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved