
काठमाडौं । आशिष मण्डली सामखुसी काठमाण्डौँकी गुरु आमा डा सरिता थापाको आज शनिबार निधन भएको छ । लामो समयदेखि बिरामी परेकी डा सरीता थापाको ग्राण्डी अस्पतालमा उपचारको क्रममा आज साँझ ४:३० बजे निधन भएको हो ।
मण्डलि सचिव रुवेन शाक्यकाे अनुसार उहाँको पार्थिप शरीरलाई माघ ६ गते अर्थात आगामि शुक्रवार आशिष चर्च सामुखुसीमा सोकसभा गरी अन्त्यष्ठी गरीनेछ । सन् १९६३ अप्रील ७ मा ललितपुरमा जन्मेकी डा.सरिता थापा ए.एल.एस नामक जटिल रोगबाट लामाे समयदेखि पीडित हुनुहुन्थ्यो ।
डा.सरिता थापा सन् १९८६ मा कोरियाबाट एम.डिभ गरेर सन् १९९२ मा अमेरिकाबाट मास्टर्स अफ थेयोलोजी गरी दिक्षान्तित हुनभएको हो । उहाँले नेपाल फर्केपछि आफ्नो जीवनलाई समाजसेवा तथा मण्डलीको कामको लागि समर्पण गर्नुभएको थियो । विशेषगरी उहाँले नेपालको पूर्वदेखि पश्चिम सम्मका इसाई दिदीबहिनीहरुलाई परमेश्वरको बचनमा उत्साह तथा प्रेरणा दिदै परमेश्वरको बचनमा जागुरुक गराउने तालिम समेत दिनुहुथ्यो ।
डा. सरिता थापा एक समाजसेवी पनि भएकाले थुप्रै परोपकारी संस्थाहरुमा आफ्नो योगदान तथा सहयोग पर्याउनुभएको छ । उहाँले अनाथ बालबालिका सहित दिनदुःखीरुलाई सहयोग गर्नुहुन्थ्यो । सानेपा नर्सीङ कलेजमा उतृकष्ठ भए बापत डा: सरीता थापाले राणी ऐश्वर्य राज्यलक्ष्मी देवि शाहको बाहुलीबाट गोल्डेन मेडल समेत प्राप्त गर्नुभएको थियो ।
विभिन्न तालीमकेन्द्र तथा बाइबल कलेजको समेत स्थापान गरी बाइबल कलेजमा प्रध्यापकको समेत जिम्मेवारी पाएर जीवनलाई समाजसेवामा समर्पण गर्नुभएको स्वर्गीय डा: सरिता थापाको जीवन साथी डा. सुन्दर थापा हुनुहुन्छ भने उहाँको दुई छोरा र एक छोरी हनुहुन्छ ।
