Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पृथ्वीनारायणले राज्य एकीकरण गरे भन्नेहरु INGO र ईसाइ मिशनरीबाट भत्ता बुझ्नेहरु हुन् : शान्तिमान श्रेष्ठ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 10, 2023
1.6K

काठमाडौं । गणतान्त्रिक नेपामा परिणत पछि राष्ट्र निर्माता पृथ्वी नारायण शाहकाे संझनामम पहिलाे पटक नेपाल सरकारले उनकाे संझनामा पृथ्वी जयन्तिका लागि भन्दै पुस २७ मा सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ।

यस बिषयलाई लिएर केही जनाता र राजनितिक दलका नेताहरुले बिराेध गरिरहेपनि प्रायजसाे नागरिकहरुले खुलेरै प्रचण्ड सरकारलाई धन्यवाद दिईरहेका छन् भने भक्तपुर नालाका एक नेवार समुदायका शान्तिमान श्रेष्ठले भने यस्ताे बिचार राखेका छन्।

 

“म पनि भक्तपुर नालामा मूल थलो रहेको नेवार हुँ , पृथ्वीनारायण शाहले उपत्यकाका ३ राज्यहरुमध्ये सबैभन्दा अन्तिममा मात्र कब्जा गरेको भक्तपुरसँगको युद्ध बारे प्रशस्त चर्चा र परिचर्चा हुनेगर्छ र यस बारे प्रशस्त लेखहरु आइरहन्छ ।
पृथ्वी नारायण शाहसँग नेवार समुदाय अनिवार्य रुपले जोडिन्छ किनकी पृथ्वीनारायण शाह ले जितेका राज्यहरु मध्य रणनैतिक र आर्थिक रुपले सबैभन्दा महत्त्वपूर्ण राज्य उपत्यकाका मल्ल राज्यहरु थिए । यसैले कतिपय नेवार समुदायमा पृथ्वीनारायण शाह प्रती एक खालको धारणा छ । तत्कालिन समयमा पुरै एशिया महादेशमा बेलायती साम्राज्य लज्जास्पद तरिकाले हारेको पहिलो युद्ध गोर्खा सेना सँग भएको सिन्धुलिगढिको युद्ध थियो , यो युद्धमा ७० प्रतिशत बेलायती सेना मारिएर पुरै हतियार गोर्खाले कब्जा गरेको थियो । यो युद्धको परिणामले बेलायतिहरुलाई एउटा आक्रोश र बदलाको भावना जागेको थियो । तत्कालिन समयमा बेलायती साम्राज्यलाई टक्कर दिन चीन , फ्रान्स , जर्मन , रुस , पोर्चुगल , स्पेन लगायतका शक्तिशाली राज्यहरु समेत हिच्किचाउँथे र सकभर बेलायत सँगको मूठभेड टार्ने प्रयत्न गर्थे , बेलायती साम्राज्यलाई हराउनु असम्भव जस्तै हो भन्ने मत विश्वव्यापी रुपमा स्थापित भएको समयमा पृथ्वीनारायणले बेलायती साम्राज्यलाइ ठूलो धक्का दिएका थिए र बेलायती साम्राज्यको जग हल्लाइदिएका थिए ।
तत्कालिन परिस्थितिमा उपत्यकाका मल्ल राज्यहरु समक्ष केही सिमित विकल्पहरु थिए :
१- उपत्यकाको मल्ल राजाहरु एकजुट भएर फेरि एउटै बलियो राज्य बनाउने र नेपाल एकिकरणको नेतृत्व गर्ने ।
२- नेपाल भित्रकै कुनै राज्य द्धारा पराजित भएर अधिनस्थ हुने ।
३- भारत कब्जा गरिसकेको अंग्रेज साम्राज्यको अधिनस्थ हुने ।
४- कालान्तरमा तिब्बत निलेको चिनियाँ साम्राज्यको अधिनस्थ हुने ।
उपत्यकाको नेवा: राज्यहरु समक्ष यी ४ बाहेक अन्य विकल्प थिएन , यी ४ विकल्प छलेर आजको मिति सम्म पनि उपत्यकाको ३ मल्ल राज्यहरु त्यही स्वरुप र आकार-प्रकारमा आज सम्म अस्तित्वमा रहिरहन्थे भनेर सोंच्नेहरु या त ईसाई मिशनरी बाट बुद्धि भुटिएका पटमूर्ख हुन या त ईसाइ मिशनरी र INGO हरु बाट दानापानी खाएर परिचालित दलाल हुन ।
अत्यन्त संकिर्ण , साँघुरो र स्वार्थपरक चिन्तन र स्वभावको कारण उपत्यकाका मल्ल राजाहरुले पहिलो उत्तम विकल्पको मार्ग बाट च्युत भए , नेवार समुदायको सदस्यको रुपमा मेरो लागि सबैभन्दा उत्तम र अनिवार्य विकल्प यहि थियो । यो विकल्प प्रती मल्ल राजाहरु आफैं उदासिन रहेपछी बाँकी रह्यो ३ विकल्प । त्यसैले पृथ्वीनारायण शाहले उपत्यकामा विजय हासिल गरेर नेपाल एकीकरण गरेको एतिहासिक पृष्ठभूमिको आलोचना गर्नेहरु :
१- अंग्रेज साम्राज्यको गुलाम हुन पाइएन ,
२- खैरेहरुको लात खान पाइएन ,
३- आफ्नो स्वास्नी चेलिबेटी खैरे वा मुश्लिम आक्रान्तकारी बाट बलात्कृत गराउन पाइएन ,
४- कुनै भारतिय राज्यको नागरिक भएर दार्जिलिङ्गमा झैं भाषिक र अन्य अधिकारको माग गर्दै भारतियको तातो गोलि खान पाइएन,
५- तिब्बत झैं चिनियाँको कब्जामा परेर सरणार्थी हुन पाइएन ,
६- स्वतन्त्र राष्ट्रको माग गर्दै फाँसिमा झुन्डिन पाइएन ,
७- भारतको सोमनाथ , जगन्नाथ लगायतका हजारौं मन्दिरहरु मा परचक्री बाट दर्जनौ पटक आक्रमण , तोठफोड र लूट भए झैं पशुपतीनाथ , स्वयम्भू , लूम्बिनी , जनकपुर र मुक्तिनाथमा परिचक्री बाट आक्रमण , तोडफोड र लूट मच्चाएको दृष्य हेर्न पाइएन भन्दै आफ्नै थाप्लो थटाएर आफैलाई धिक्कार्ने पटमूर्ख वा विदेशिको हन्डी खाएर , दानापानी हसुरेर तिनको स्वार्थ र ईसारामा बोल्ने , लेख्ने दलालहरु हुन ।                                                                                                  उपत्यकाको मल्ल राज्यहरु समक्ष रहेको ४ विकल्पहरु मध्य सबैभन्दा उपयुक्त विकल्प पहिलो विकल्प थियो , उपत्यकाको राज्यहरु आर्थिक रुपले समृद्ध पनि थियो , यहि समृद्धिको उपयोग गरेर सैन्य क्षेत्रलाई मजवुत बनाएर एकिकरणको नेतृत्व गर्न सक्थ्यो तर उपत्यकाको ३ राज्यहरु एक आपसमा लडन र एक आपसलाई कमजोर बनाउन तल्लिन रहे । बेलायत , पोर्चुगल , फ्रान्स , डच , टर्किसहरु ७ समुन्द्र पार गरेर पुरै भारत निलेर , नाकको डाँडी मुनि आइपुगेर तिब्बत हुँदै चीन तर्फ आँखा लगाइरहँदा समेत उपत्यकाका मल्ल राज्यहरुको ध्यान थानकोट काटेर बाहिर जान सकेन बरु एक अर्कालाई कमजोर बनाउन ईसाई मिशनरी र अंग्रेजहरु सँग सम्बन्ध बढाउने होडबाजिमा लागे । जय प्रकाश मल्ल ले रातो कार्पेट बिछाएर ईसाई पादरिहरुलाई भित्राए , अंग्रेज सेनालाई उपत्यका भित्राउन पहल गरे। व्यापारको निहुँमा भारतको गुजरात स्थित सुरतमा पहिलोपटक छिरेको धोकेबाज अंग्रेजले जुन राजा संग व्यापारिक सम्झौता गरेर सुरत छिरेको थियो त्यही राजालाई धोकापूर्ण तरिकाले हत्या गरेर राज्य हत्याउँदै बिस्तारै पुरै भारत निलेको तथ्य भित्रको अन्तर्वस्तु ठम्याउन जय प्रकाश मल्ल असमर्थ रहे र गद्धी जोगाउन आत्मघाती कदम चाले ।                                                                                                                                            विश्वभर साम्राज्यवादी विस्तारको होड चलेको तत्कालिन परिस्थितीलाई ठिक तरिकाले ठम्याएर राज्यको अस्तित्व जोगाउन राज्य विस्तार को नेतृत्व गर्नुपर्ने अनिवार्य आवश्यकतालाई मल्ल राजाहरुले बुझ्न सकेनन । तर एउटा निकै सानो र पछौटे राज्य गोर्खाका राजा पृथ्वीनारायण शाहले यो सब परिस्थितिलाई गहिरिएर नियालिरहेका थिए , नाकको डिलैमा आइपुगेको अंग्रेज साम्राज्यको नियत , लक्ष , रणनिती र चालबाजि अनि सम्भावित परिणामलाई उनले राम्ररी ठम्याएका थिए । सैन्यकरण गरि राज्य विस्तार गरेर राज्यलाई शक्तिशाली बनाउनु बाहेक आफ्नो सानो राज्य र नेपालको अस्तित्व जोगाउन अन्य विकल्प नरहेको कटु तथ्य उनले बुझे तर यो तथ्यलाई उपत्यकाका मल्ल राजाहरुले बुझ्न सकेनन ।
पृथ्वीनारायण शाहले उपत्यकामा जित हासिल गरे लगत्तै धर्म प्रचारको बहानामा अंग्रेजको बिस्तारबादी अभियानको लागि जाशुसी गर्न उपत्यका छिरेका पादरिहरुलाई देश निकाला गरे फलस्वरुप अंग्रेजहरु पृथ्वीनारायण शाह प्रती थप आक्रोशित बने र बदला लिएरै छोड्ने अठोट लिए । यसकारण उपत्यका बाट अपमानजनक ढंगले धपाइएका पादरिहरु र सिन्धुलिगढिको युद्धमा लज्जास्पद ढंगले हराइएका अंग्रेज सेनापती बेलायत पुगेर पृथ्वीनारायण शाह विरुद्ध वमन गर्दै पुस्तकहरु लेखे , ती पुस्तकको छायाँहरु अहिले नेपाल भित्रीएको छ र विभिन्न INGO हरु मार्फत सूक्ष्म रुपले प्रचार प्रसार र वितरण गरिएको छ ।
निश्चय नै युद्ध मा परास्त भएको समुदायहरुको युद्ध विजेताप्रती सकारात्मक भावना आउनु कठिन नै हुन्छ तर तत्कालको परिवेशलाई निकै फराकिलो ढंगले व्याख्या , विश्लेषण गरेर गहिराईमा केलाउन जरुरी हुन्छ । तत्कालिन अवस्थामा विश्वभर तरबारको बलमा राज्य विस्तार गर्ने होडबाजी थियो , जुन राज्यले सैन्यशक्ती मजबुत बनाएर आफ्नो राज्य विस्तार गर्दै मजबुत बनाउन सक्यो त्यो राज्य बाँच्यो , अन्य राज्य पराजित भएर कुनै राज्यमा गाभियो , यो भन्दा अर्को विकल्प थिएन , यो तथ्यलाई पृथ्वीनारायण शाहले राम्ररी बुझेका थिए । नत्र गोर्खा राज्य पनि कुनै राज्य द्धारा पराजित भएर अधिनस्थ हुनुपर्थ्यो । जस्तो मानिलिउँ : पृथ्वीनारायण शाहले नेतृत्व गरेको गोर्खा राज्यले उपत्यका माथी हमला गरेर आफ्नो राज्यमा नगाभेको भए र पृथ्वीनारायण शाहले राज्य विस्तार वा एकीकरणको अभियान नछेंडेको भए आजको मिति सम्म गोर्खा राज्य र उपत्यकाका राज्यहरु त्यही स्वरुप , आकार र स्थितिमा रहिरहन्थे त ? उपत्यकामा ३ ओटा मल्ल राज्यहरु आजको मितिमा स्वतन्त्र राष्ट्रको रुपमा रहिरहेको हुन्थे त ? यो सम्भव छ ?
ईसाइका दलालहरु बाट बुद्धि भुटिएका उपत्यकाका नेवारहरुले पृथ्वीनारायण शाहले उपत्यकामा विजय हासिल नगरेको भए के परिणाम हुन सक्थ्यो भन्ने तथ्यगत बाटोलाइ सूक्ष्म रुपले नियाल्नै पर्छ । यो सम्भावित सिनारियो बुझ्न शमसुद्धिन ईलियासले उपत्यकामा गरेको आक्रमणको पृष्ठभूमी र परिणाम प्रती दृष्टि लगाउन जरुरी हुन आउँछ । शमसुद्धिनले उपत्यकाका तिनै शहरमा आक्रमण गरेर , ७ दिन सम्म तिन ओटै शहरमा आगजनी गरेर , छोरिबेटी बलात्कार गरेर सम्पूर्ण मन्दिर, पाटी , पौवा तोडफोड गरेका थिए। पशुपती र स्वम्भू क्षतविक्षत बनाएका थिए र शमसुद्धिनले तोडफोड गरेर क्षतविक्षत बनाएका हजारौं मुर्तीहरु अहिले पनि पशुपती लगायतका सयौं ठाउँमा छन । उपत्यका भित्र शमसुद्धिनले आक्रमण नगरेको केबल एउटै मन्दिर अहिलेको भाटभटेनी नजिक रहेको बराहको मन्दिर थियो , मन्दिरको अगाडि बराह (सुँगुर) को प्रतिमा रहेकोले ईलियासको फौजले यो मन्दिर छोएका थिएनन ।                                                                                        मकवानपुर गढिमा पृथ्वीनारायण शाहको फौजले मिर कासिमको सेना लाई धुलो चटाइन नसकेको भए र मिर कासिमको फौज उपत्यका छिरेको भए काठमाडौका नेवार , नेवारी सम्पदा र संस्कृतिको के हालत हुन्थ्यो भन्ने अनुमान गर्न मीर कासिमले भारतमा आंतक मच्याएर हत्या गरेको मानिसको संख्या र उनले ध्वस्त गरेका सम्पदाहरुको संख्या बुझेर अनुमान लगाउन सकिन्छ ।
कतिपय पटमूर्खहरु ( दूर्भाग्यवश यस्ता पटमूर्खहरु कथित पढेलेखेका समेत छन ) भन्छन : अंग्रेजले भारतलाई विकसित गरेर छोड्यो , बरु नेपाल पनि अंग्रेजले लिईदिएको भए हुन्थ्यो ! म केवल १-२ प्रसंगको याद दिलाउँछु विशेषत उपत्यकाको नेवारहरुलाई ।
भारतको कथित स्वतन्त्रता हुनुभन्दा ठिक ४ वर्ष अगाडि अर्थात सन १९४३ मा भारतमा भोकमरी लागेर ४५ लाख मानिस अकालमा मरेका थिए । भोकमरिको कारण र पृष्ठभूमी अनौठो , ताज्जुवलाग्दो र दुखदपूर्ण छ । त्यो समय शक्तिराष्ट्रहरु बिच आफ्नो साम्राज्य र बजार जोगाउने होडबाजी थियो र विश्वयुद्धको तयारी थियो , युद्धको यो तयारी स्वरुप बेलायतले १९४३ देखि नै भारतभर बाट खाद्यान्न संचय गरेको थियो । जसको परिणाम भारतमा खाद्य संकट पैदा भएर भोकमरी लागेर मानिसहरु मर्दै थिए । बेलायतले भारत बाट खाद्यान्न जति युद्धको तयारी गरेको क्षेत्रमा ओसार्दा समेत खासमा भारतमा खाद्यान्न संकट हुने थिएन , खाद्य बढी भएको क्षेत्र बाट खाद्य संकट भएको क्षेत्रमा खाद्यान्न ढुवानी गरेको भए मानिसहरु भोकमरिले मर्ने थिएनन तर बेलायतिहरुले ढुवानिमा ब्यबधान पैदा गरे फलस्वरुप चर्को भोकमरिले लाखौं मानिसहरु भकाभक मर्दै थिए ।                                                                                                                                                          भोकमरिले मर्ने मानिसको संख्या १३ लाख नाघेर लासको चाङ थुप्रीए पछि अग्रेज गर्भर्नर समेत अत्तालिए र बेलायती प्रधानमन्त्री लाई टेलिग्राम पठाए : “भारत भर भोकमरी लागेर मानिसहरु खेर जान थाले , केहि व्यवस्था होस ।” बेलायती प्रधानमन्त्री विस्टन चर्चिल ले प्रतुत्तर पठाएर सोधे : “के महात्मा गान्धी समेत भोकमरी लागेर मरे ? ” गभर्नर ले जवाफ फर्काए :” नाई ! गान्धी त जिउँदै छन ।” चर्चिलले आदेश दिए : “गान्धी नै भोकमरि लागेर मरेका छैनन भने फिक्री नगर्नु , मानिसहरु कति मर्छन मर्न दिनु , युद्ध पश्चात् पनि थप ४ वर्ष हामिलाई विश्वभर छरिएका सेनाहरुको लागि प्रचुर मात्रामा खाद्यान्न आवश्यक हुन्छ त्यसैले केवल एउटै कुरामा ध्यान दिनु , जे जसरी हुन्छ खाद्यान्न संचय गर्नु र युद्धभूमी तर्फ पठाउनु , कालाहरु मर्दै गरून् । ” कतिपयलाई भ्रम छ : बेलायतले भारतलाई विकास गरेर छोडे , खैरेहरुले लेखेको प्लान्टेड शिक्षा पाएर हुर्केका पटमूर्खहरुको यस खालको धारणा छ । केही कुराको याद दिलाउँछु ।
– भारतमा दशौं हजार स्नाकोत्तर कलेज , लाखौं गुरुकुल हुँदा बेलायत भर एउटा पनि स्कुल थिएन ।
– भारतमा नालन्दा , विक्रमशिला , तक्षशिला लगायतका आजको गनिएको अक्सफोर्ड , क्याम्ब्रीज भन्दा ठूला दर्जनौ विश्वविद्यालय छँदा पश्चिमी जगतमा विश्वविद्यालय बारे कल्पना समेत थिएन ।
– आज भन्दा ७ वर्ष अघि सम्म भारतको साक्षरता दर ९२% थियो अहिले ५२% को हाराहारी होला ।
– ५०० वर्ष अघि सम्म विश्वको कुल लत्ताकपडा निर्यात मध्य भारत एक्लैको हिस्सा ४५% थियो ।
– कुनै बेला विश्वको कुल ग्राहस्थ उत्पादन मध्य भारत एक्लैको हिस्सा आधा भन्दा बढी थियो , पश्चिमी देशका राजा , महाराजाहरु भारतिय कपडामा निर्भर थिए।
– उच्च स्तरको स्टिल को लागि पुरै विश्व भारतमा निर्भर थियो र भारतकै स्टिल बाट पानी जहाज बन्थ्यो ।
तर खैरेहरुले ईतिहास यसरी लेखेर घोकाए कि आजका भारतियहरुले कुनै बेला हामी विश्वकै समृद्ध हौं त्यसैले विश्वभरका लुटेरा , डाँकुहरुको आँखामा परेर लुटियौँ र हरिकंगाल भयौं भन्ने विर्सिए , भारतको विहार विश्वको शैक्षिक केन्द्र थियो र पटना विश्वको व्यापारिक राजधानी थियो आज विहारको हालत हेरेर यो कुराको कल्पना पनि गर्न सकिन्न । खैरेहरुले भरतियहरुको बुद्धि यति सम्म भुटे कि आज भारतमा भारत पत्ता लगाउने भास्को डि गामा हुन भनेर पढाइन्छ र सबै भारतिय यहि भन्छन जबकी भारतको ईतिहास लाखौं बर्ष पुरानो छ , जैन धर्मको लिखित ईतिहास नै ६० हजार वर्ष पुरानो छ तर भ्याटिकनले विश्वभर लूटपाट मच्याउन मिशनरिहरुलाई भगबन्डा लगाए जस अनुसार भारत लुटने ठेक्का पोर्चुगल र अमेरिका लुटने ठेक्का स्पेनले पायो , अन्य भूभाग यसरी नै ठेक्का तोकियो र भास्को डि गामा नामको डाँकु भारत लुटन आयो , उनले ३ पटक भारत लुटेर हजारौं पानी जहाजमा धनमाक लुटेर लगे , यहि लुटेरा अपराधिलाई भारत पत्ता लगाउने महान व्यक्ती भनेर भारत भर पढाइन्छ , शिक्षा क्षेत्रमा यि खुराफाती खैरेहरुको पकड हेरौं न ! नेपालको स्थिती पनि यो भन्दा भिन्न छैन त्यसैले योजनावद्ध रुपले पृथ्वीनारायण माथी हमला गरिएको छ , उपत्यका पृथ्वीनारायणको अधिनमा जानू हुँदैनथ्यो भन्नुको सिधा मतलब उपत्यका अंग्रेज वा चिनियाँ वा मुश्लिम आक्रान्तकारिको कब्जामा जानुपर्थ्यो भन्नू होईन ?
उपत्यकाको नेवारहरुले उपत्यका पृथ्वीनारायण शाहको अधिनमा जाँदा के भयो भन्ने जगजाहेर छ , अब यस तर्फ गहिरिएर बिचार गर्नु जरुरी छ कि उपत्यका बेलायती साम्राज्य , चिनियाँ साम्राज्य वा मुश्लिम आक्रान्तकारिको कब्जामा गएको भए के हुन्थ्यो ? मकवानपुर सम्म आइपुगेको मिर कासिमले भारतमा के गरे ! शमसुद्धिनले उपत्यका हमलाको दौरान के गरे ! युद्धको समय बेलायतले खाद्यान्न संचय गर्न भारतमा कति नागरिकलाई भोकमरिमा पारेर मराए ! चिनियाँ कब्जा पछि कति तिब्बतिहरु शरणार्थी भएर लखेटिएका छन ! यो सब विचार गर्न जरुरी छ । ६२-६३ को आन्दोलन पश्चात् गाँडेहरुले जसरी पृथ्वीनारायण शाहको शालिक तोडे त्यसरी नै पृथ्वीनारायण शाहले चाहेको भए जयप्रकाश मल्ल वा जयस्थिती मल्ल को शालिक तोड्न सक्थेनन ? शमसुद्धिनले पशुपतिमा हमला गर्न सक्थे र पृथ्वीनारायण शाहले सक्थेनन ?
अहिले पृथ्वीनारायण शाहले तरबार चलाए , राज्य एकीकरण गरेको होइन विस्तार गरेको हो भनेर होहल्ला गर्ने फटाहाहरु छन ती सबै कुनै न कुनै अमूक INGO वा ईसाइ मिशनरी बाट भत्ता बुझेर भुक्ने दलालहरु हुन । के बेलायती वा अन्य कुनै साम्राज्यवादिले हातमा फुल लिएर राज्य विस्तार गरेका हुन ? जर्मनिमा विश्मार्क वा रुसमा जारहरुले फुल लिएर राज्य एकीकरण गरेका हुन ? यी दलाल फटाहाहरु घुमाउरो तरिकाले के भन्दैछन भने हामिलाई दानापानी दिलाउने मालिकहरुले बन्दुक र तरबारको बलमा साम्राज्य लादे पनि पृथ्वीनारायण शाहले बन्दुक र तरबार बोक्न हुँदैनथ्यो , फुल लिएर युद्धमा जानुपर्थ्यो ।
अहिले पृथ्वीनारायण शाहले राज्य विस्तार गरेको हो कि एकीकरण गरिएको हो भन्ने विवाद निकालीदैछ , विश्वमा लाखौं साना राज्यहरु थिए ती सब नामेट भएर अहिले स्वतन्त्र राष्ट्रको रुपमा २०० हाराहारीको राष्ट्र छन जस मध्यको एउटा नेपाल हो , पृथ्वीनारायण शाहको यत्नको परिणामस्वरूप नेपाल एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रको रुपमा विश्व माझ परिचित छ , उनको ध्यय राज्य विस्तार हो कि राज्य एकीकरण हो भन्ने विषय गौण हो , नियत वा लक्ष जे सुकै भए पनि परिणाम चाहिँ नेपाल स्वतन्त्र राष्ट्रको रुपमा अस्तित्वरत छ । पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्न होइन अफ्नो राज्य विस्तार गर्ने नियतले कदम चालेका हुन भन्ने गगन , बाबुराम , प्रचण्ड , भाङ्गकाजिहरुले आफ्नो बाउले आमालाई बलात्कार गरेर आफू जन्मेको हो कि ठ्याक्कै गगन , बाबुराम , प्रचन्डकै हुलिया , चरित्र , जिउडाल , चरित्र र आनिबानी भएको केटा मान्छे नै जन्माउँछु भन्ने योजना बनाएर आमा संग संभोग गरेर आफू जन्मिएको हो वा रक्सिको तालमा कामोत्तेजनामा आएर आमा संग संभोग गर्दा आफू जन्मिम पुगेको हो , वा आफ्नो आमा माथी कसैले अवैध रुपले जोरजबर्जस्ती संभोग गर्दा आफू जन्मन पुगेको हो भन्ने खोजतलास गर्नुपर्ने हो । जुनसुकै ध्ययले यिनका बाउ – आमाले संभोग गरेको होस यी फटाहा – कपुतहरु जन्मिन पुगे पनि तथ्यको धरातलमा यिनले आफ्नो बाउ आमा परिवर्तन गर्न त सक्दैनन ! यी कपुतहरुले कहिल्यै आफ्ना बाउलाई सोध्ने जमर्को गरेका छन कि कुन ध्ययले मेरो आमा संग संभोग गरिस र म जन्मिन पुगें ? पुरुष लिंगकै रुपमा, ठ्याक्कै म अहिले जस्तो छु त्यस्तै जन्माउने उद्देश्यले संभोग गरेको हो भने म तपाईलाई बाउ मान्छु नत्र मान्दिन भन्न सक्छन यिनले ?
संसारमा जसले राज्य एकीकरण गरे चाहे विश्मार्क हुन वा जार हुन ती प्रती त्यहाँका पछिल्लो शासकहरुले कहिल्यै यस्तो विवाद निकालेको देखिंदैन बरु बडो श्रद्धापूर्वक सम्झिएर राष्ट्रनायकको रुपमा आदर गरिन्छ तर कहिं नजन्मने लफंगा-कपूतहरु यहि देशमा जन्मन्छन , जसको नेपाल राष्ट्रको लागि २ कौडिको योगदान छैन बरु यो राष्ट्रलाई कमजोर र छिन्नबिन्न पार्न हदै सम्मको घटिया हर्कत गरिरहन्छ तिनैले पृथ्वीनारायण शाहको सत्तोसराप गरिरहेको देखिन्छ । यिनै कपूतहरुको कारण यो देश विश्वभर बदनाम छ तर अंग्रेज साम्राज्य , इस्लामिक साम्राज्य मात्र नभएर विशाल चिनियाँ साम्राज्यलाई समेत चुनौती दिएर नेपाल र नेपालिको नाम गौरवका साथ उच्च राख्ने पृथ्वीनारायण शाहको छवि धुमिल बनाएर बदनाम गर्ने कुलंगारहरु यो देशको प्रमुख पदमा छ्यापछ्यापती हुनु लज्जास्पद स्थिती हो ।”

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved