Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नवलपुरको बोझापोखरीमा निर्माण विद्युत सवस्टेशनको काम पुरा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 4, 2023
0 shares

नवलपुर । बर्दघाट सुस्तापूर्व, नवलपुरको बोझापोखरीमा सात वर्ष अघि निर्माण सुरु गरिएको विद्युत सवस्टेशनको निर्माण कार्य पुरा भएको छ । तीन वर्ष भित्र निर्माणको काम सम्पन्न गर्ने गरि २०७३ सालामा भारतिय एटुजेड ईन्फ्रा ईन्जिनियररिंग कम्पनी मार्फत सब कन्ट्याक्टर त्रिपुरेश्वर र जयदुर्गे इन्जिनियरिंङ्गले कम्पनीले बोझापोखरीमा विद्युत सवस्टेशन निर्माणको काम सुरु गरिएको थियो ।

पहिलो सम्झौता अनुसार विसं २०७५ भित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर त्यस अवधिमा जम्मा ५ प्रतिशत काममात्रै भएर झण्डै रुग्ण आयोजनाको रुपमा परिणत भएको सवस्टेशन निर्माण कार्य पटक पटक म्याद थप गर्दै पहिलो सम्झौता अवधिको करिब चारवर्ष पछि निर्माण सम्पन्न भएको हो ।

नवलपुरको पहाडी क्षेत्र बौदीकाली, बुलिङटार सहित हुप्सेकोटको पहाडी क्षेत्रमा विद्युतिकरण गर्ने गरि आयोजना सुरु गरिएकोमा ठेकेदारले काम नगर्दा लामो समयसम्म अलपत्र बनेको थियो ।

सबस्टेशन निर्माणको काम सकिएपछि अब जिल्लाको पहाडी क्षेत्रमा विद्युतिकरणको बाटो खुलेको छ । जिल्लाका कतिपय पहाडी क्षेत्र अझै पनि अन्धकार रहेका छन् । तनहुँ तर्फबाट लाइन तानेर केही क्षेत्रमा विद्युतिकरण गरिएको छ । कतिपय स्थानमा लघुजल विद्युतबाट विद्युतिकरण गरिएको भएपनि आवश्यक माग अनुसार आपूर्ति हुन सकेको छैन् । साथै लामो दूरीबाट लाइन ल्याएर विद्युतीकरण गर्दा बेलाबेलामा समस्या उत्पन्न हुने गरेको छ । अब बोझा पोखरीको सवस्टेशन निर्माणको काम सकिएकाले जिल्लाको पहाडी क्षेत्रमा विद्युतिकरणमा सहजता हुने नेपाल विद्युत प्राधिकरण वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना बुटवल डिभिजनका सहायक प्रबन्धक विनोद पन्थिले बताउनुभयो ।

‘आयोजनाको काम सकिएको छ, अहिले सबस्टेशन चार्ज गर्ने काम चलिरहेको छ, चाडै यहाँबाट जिल्लाको पहाडी क्षेत्रमा विजुली बाल्ने काम हुनेछ ’ सहायक प्रबन्धक पन्थिले भन्नुभयो । उहाँका अनुसार पुस १४ गतेबाट नवलपुरको प्रगतिनगरबाट करेन्ट प्रवाह गरि लाइन चार्ज गर्ने र सवस्टेशन चार्जगर्ने काम सुरु भएको छ । यस लगतै ११ हजार केभिको लाइन चार्ज गरि स्थानीय स्तरमा वितरणको काम सुरु हुने छ । आयोजना मार्फत पोखरीबाट डेढगाउँ जाने बाटोको धौबादीसम्म र बुलिङटारको केही क्षेत्रसम्म ११ हजार केभिको लाइनसमेत बितरण हुने छ । त्यसका लागि पोल गाड्ने र तार टाङ्ने कतिपय काम सकिएको छ ।

‘सवस्टेशन सञ्चालन पछि केही क्षेत्रमा स्थानीय स्तरमा विद्युत वितरणका लागि आयोजनाबाट काम हुनेछ, त्यस बाहेक सम्बन्धित जिल्लाबाट विद्युत वितरणको काम हुने छ’ सहायक प्रबन्धक पन्थिले भन्नुभयो ‘ढिलोमा एक महिनामा सबै काम सकिने विश्वास छ, हामीले निर्माणको जिम्मा पाएको कम्पनीलाई सोही अनुसार काम गर्न भनेका छौ।’

बोझापोखरी क्षेत्रमा भने केही दिनमा दुईवटा ट्रान्सफर्मर जडान गरि बत्ती बाल्ने तयारी गरिएको उहाँले बताउनुभयो । सवस्टेशन निर्माणको काम अलपत्र पर्दा लामो समय देखि अन्धकारमा बस्न बाध्य पहाडी क्षेत्रका बासिन्दा अब भने उज्यालोमा बस्न पाउने भएकाछन् । कोभिडको प्रवाह र विभिन्न कारणले आयोजना निर्माण हुन समय लागेको सहायक प्रबन्धक पन्थिले बताउनुभयो ।

भारतिय एटुजेड ईन्फ्रा ईन्जिनियररिंग कम्पनि मार्फत सब कन्ट्याक्टर त्रिपुरेश्वर र जयदुर्गे इन्जिनियरिंङ्गले करिब रु. १२ करोडको लागतमा सवस्टेशन निर्माणको जिम्मा पाएको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved