Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राजावादी याेद्धा सिलवालले किन गरे आत्माहत्या ??

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 4, 2023
12 shares

         

facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
print sharing button

काठमाडौं । पाँच दिन अगाडि सामाजिक सञ्जाल फेसबुकमा राजालाई भेट्न नदिइएको स्ट्याटस लेखेका सिलवाल बिहान मृत भेटिएका छन् । स्वतन्त्र नागरिक समाज हिन्दु राष्ट्र माहाअभियानका संयोजक हेमबिक्रम सिलवालले आत्महत्या गरेका छन् । उनले राजालाई पहिले भने भेटेका थिए । तर विगत ४ वर्ष यता भने उनले भेटन नै पाएका थिएनन ।

विगत लामो समयदेखि राजतन्त्र र हिन्दुअधिराज्यको पक्षमा लागेका सिलवालले सत्याग्रह समेत गरेका थिए । उनले राजाका सचिवहरुले भेट्न नदिएको भनेका छन् । ललितपुरको पाटनढोकामा श्रीमतिसहित बस्दैं आएका सिलवालले आत्महत्या गर्नुपूर्व ४ दिन अगाडी जीवनमा मैले ठूलो भूल गरे शीर्षकमा एउटा लामो स्टाटस लेखेका थिए । मृत्युबारे थप कारण भने खुलेको छैन् ।

यस्तो थियो उनको स्ट्याटस- जिबनमा मैले ठुलो भुल गरे ! मैले राजनीति गर्नु राष्ट्र , राष्ट्रियता , प्रजातन्त्र , राजसंस्था र हिन्दुअधिराज्य भनेर देश र जनता भनेर हिड्दा मेरो सबै थाेक सकिएछ ! मेरो पिता पुर्खाकाे नास्व भनेर नेपाली हुनुमा गर्व लाग्न पनि छाैडयाे ! १४ बर्ष स्वतन्त्र नागरिक समाज भनेर समाजलाई जागरण र जागरुक बनाउने काम गरे तर मेरो समाजले मुल्यांकन गरेनन् !

भिमशेन थापाले पनि त्यसै आत्महत्या गरेको हाेइन रहेछ ! मल्ल कालमा भिम मल्लकाे श्रीमतीले त्यसै सराप दिएको हाेइन रहेछ ! नेपालमा देश र जनता भन्नेहरुकाे हालत यस्तै हुदा रहेछन ! हामी जस्तो जनमिनु नै बेकार रहेछ ! देश भन्नु त मर्नु पर्ने रहेछ ,

जिउँदै मर्नु पर्ने रहेछ यहाँ काे बुद्धिजीवी , पत्रकार आमनागरिक चुनाव आए पछि मासु भात पैसामा बिक्दा रहेछन् ! मलाई स्व पुर्ब मान्त्री खुमबहादुर खड्काले भनु हुन्थ्यो भाइ नेपालमा चुनाव जित्न पैसा चाहिन्छ भन्थे मैले पत्याइन तर हाे रहेछ ! जनतालाई देश हाेइन मासु भात दारु पैसा भए पछि केही नचाहिदो रहेछ ! चुनाव नआउन्जेल नेतालाई गाली वेजति गर्ने ! चुनाव आए पछि मासु भात पैसामा भाेट हाल्ने !

झापाका निराकार पाण्डे बिहीबार राति कम्बोडियोको क्यासिनोमा पुगेका थिए । थाइल्याण्डको सीमा नजिकै पर्ने पोइपेट सहरस्थित ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको भीषण आगलागीका क्रममा उनको दुःखद निधन भएको हो । क्यासिनोका १२ औं तलामा बसेका उनी लामो समयसम्म उद्धार हुन नसकेपछि झ्यालबाट हामफालेको खबर प्राप्त भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाका अध्यक्ष लालसिंह खड्काले रातोपाटीलाई जानकारी दिए ।

झ्यालबाट हामफालेका उनको घटनास्थलमै मृत्यु भएको थियो । कम्बोडियाकै तीन सहर सेमरिप, बाटाबहुँ र राजधानी फोनमपेनमा व्यापार गर्दै आएका खड्कासँग दुई दिनअघि मात्रै पाण्डेले भेट गरेका थिए । सो क्रममा निराकारले आफूले कम्बोडियामा व्यापार गर्न चाहेको र सहयोगको आग्रह गरेका थिए । दशैँअघि पहिलो पटक आफ्नो रेस्टुरेन्टमा आएकै बेला पाण्डेसँग भेट भएको उनले स्मरण गरे ।

उनी फरासिला र मिजासिलो व्यक्तित्वका रुपमा आफूले पाएको खड्काले रातोपाटीलाई बताए । ‘दशैँअघि मेरो रेस्टुरेन्टमा आइपुग्नु भएको थियो । त्यतिबेला चिनजान भएसँगै एनआरएनएको अध्यक्ष हुनुहुँदो रहेछ सहयोग चाहियो भन्नुभएको थियो’, खड्काले स्मरण गरे, ‘यहाँ एक महिनाको पर्यटक भिसा र पछि यतैबाट एक महिना थप्न मिल्नेगरी दुई महिनाको भिसा हुन्छ ।

त्यतिबेला भिसा सकिन लागेकाले नेपाल फर्केर फेरि आउँछु भनेर फर्कनु भएको थियो र तिहार सकेर आइहाल्नु भयो ।’ कम्बोडिया फर्किएपछि राजधानी सहर फोनमपेनमा दुई दिनअघिमात्र भेट भएको र सो क्रममा रेस्टुरेन्ट व्यवसाय गर्न लागेको सुनाएको खड्काले स्मरण गरे । तर, बिडम्बना, हृदयविदारक घटना सत्य भएपनि विश्वास गर्न गाह्रो भइरहेको खड्काले बताए ।

निराकार पाण्डेको हृदयविदारक भ्वाइस मेसेज यस्तो छ – एनआरएनए कम्बोडियाका अध्यक्ष खड्कालाई पाण्डेले तीन वटा अडियो क्लिप पठाएका छन् । जसमा उनले आफ्नो उद्धारको अनुनय गर्दै मृत्यु भएमा शव नेपाल पठाइदिन आग्रह गरेक छन् । उनले एउटा भ्वाइस मेसेजमा भनेका छन्, ‘मेरो नाम निराकार पाण्डे हो । झापा जिल्लाको बिर्तामोड १ मा मेरो घर छ । मेरो बुबाको नाम अग्निप्रसाद पाण्डे हो । मेरो मिसेसको नाम शशीकला लोहनी हो । पोइपेटको ग्राण्ड डायमण्ड सिटी होटलमा छु ।

मेरो रुम नम्बर १२२७ हो दाइ, यहाँ भीषण आगलागी भयो । मैले तपाईँको नम्बर मेरो सिसेसलाई पनि दिएको छु । उसले सायद भोलि तपाईँलाई सम्पर्क गर्छ होला । दाइ, बाँचे भने सम्पर्क गर्छु, मर्यो भने मेरो लाश ल्याउनका लागि, नेपाल पठाउनका लागि पहल गरिदिनु होला है दाइ । होटल पोइपेट बोर्डरसँगै छ। यो थाइल्याण्डको बोर्डरसँगै छ ।’

१३ सेकेन्डको अर्को एउटा भ्वाइस मेसेज पनि उनले पठाएका छन् । त्यसमा भनेका छन्, ‘पोइपेटको होटल ग्राण्ड डायमण्ड होटलमा भीषण आगलागी भएको छ है दाइ । मेरो लाश नेपाल पठाउनका लागि पहल गर्दिनु होला है दाइ ।’ जुन अडियो क्लिप छाडेर पाण्डे कहिल्यै नफर्किने गरी संसारबाट बिदा भएका छन् । स्रोत: रातोपाटी बाट

चिसो बढेसँगै आँखाले देख्न नसकिने प्रदूषण पनि जम्ने भएकाले बिहानीको हावा पनि प्रदूषित छ।

मिति: २०७९ पुस १५ गते, शुक्रबार, बिहानको ५:०० बजे।

विश्वको प्रदूषण जाँच्ने वर्ल्ड एअर क्वालिटी इन्डेक्समा काठमाडौंको प्रदूषणको तह १६५ देखिन्छ। त्यसमा पनि नारायणहिटी संग्रहालयको छेउमै रहेको क्षेत्रको वायुको आद्रता ९३ र वायु प्रदूषण १७३ देखिन्छ, जसमा पिएम २.५ (हजारौं हानिकारक धुवाँका कणहरूको मिश्रण)को तह ९८ देखिन्छ। यो प्रदूषणको तह विश्व स्वास्थ्य संगठनले तोकेको दैनिक मापदण्डभन्दा तीन गुणा बढी हो। त्यति खेर सडकमा सवारीको चहलपहल हुँदैन। तर, किन काठमाडौंमा बिहानैदेखि प्रदूषण धेरै हुन्छ त?

चिसो मौसममा जमीनको तल्लो तह चिसो हुने र माथिल्लो तहमा न्यानो हुने भएकाले हावासँगै प्रदूषणका कणहरू जति गहिराइ हुन्छ त्यति नै जमेर बस्ने प्रदूषणविज्ञ डा. भूपेन्द्र दास बताउँछन्। गर्मी महीनामा भने ठ्याक्कै उल्टो हुन्छ अर्थात् जमीनको तल्लो तह तातो र माथिको वायुमण्डल चिसो हुन्छ। वैज्ञानिकहरू यसैलाई इन्भर्जन भन्छन्। डा. दास भन्छन्, “जाडोमा चिसो हावाको एक तह बिहान-बेलुकी तल बस्छ, जसलाई तातो हावाले ढकनी जस्तै छोपेर राखेको हुन्छ। अग्लो ठाउँबाट हेर्दा माथि सफा, तल धमिलो देखिन्छ। त्यो धमिलो नै प्रदूषित हावा हो।”

हानिकारक कण हावामै थिग्रिएर बस्ने भएकाले धेरै चिसो समय अर्थात् बिहान र बेलुकीको समय अत्यन्त प्रदूषणमय हुँदा घर बाहिर निस्कन ठीक नहुने विज्ञ बताउँछन्। त्रिभुवन विश्वविद्यालय वातावरण केन्द्रीय विभाग प्रमुख डा. रेजिना मास्के प्रदूषण नघटेको र जाडोमा बेलुकी बालेको आगोको धुवाँ पनि त्यहीं वरपर बस्ने भएकाले बिहान ‘मर्निङ वाक’ जान नहुने बताउँछिन्। उनी भन्छिन्, “अस्वस्थ हावाका कारण बिहानै मास्क लगाउनुपर्ने अवस्था छ, बरु त्यो भन्दा घाम लागेपछि बाहिर जानु उपयुक्त हुन्छ। त्यति खेर प्रदूषण पातलो भएर फैलिएको हुन्छ।”

डा. दास विगत केही वर्षदेखि हिउँदमा पानी कम पर्ने र जाडो याममा प्रदूषण बढ्ने कुरा नियमित जस्तै भएको बताउँछन्। उनी भन्छन्, “पानी पर्दा प्रदूषणका कण जमीनमा आउँछ र त्यहीं अब्जर्भ हुन्छ, तर जाडो महीनामा पानी पर्ने दर ३० प्रतिशतले कम हुँदा प्रदूषणका कण हावामै रहन्छन्।”

देशैभरिका शहरहरूमा प्रदूषणको तह बढ्दै गएको तथ्याङ्कहरूले देखाउँछन्। त्यसमा पनि उपत्यकामा प्रदूषण उच्च छ, किनभने उपत्यकालाई वरिपरि अग्ला डाँडाले घेरेका छन्। वरिपरि डाँडाले छेक्दा वायु राम्रोसँग बाहिरिन पाउँदैन। यसो हुँदा हावामा भएका आँखाले देख्न नसकिने हानिकारक सूक्ष्म कण श्वास लिंदा फोक्सोमा पुग्छ।

डा. दास भन्छन्, “काठमाडौं कचौरा जस्तो छ। यहाँ भएका धूलो, धुवाँ बाहिर उडेर जान पाउँदैन। त्यसैले प्रदूषण बढ्दा हानिकारक कण श्वास मार्फत शरीरमा जाने सम्भावना हुन्छ।”

विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्ड अनुसार वायुको स्तर ५० सम्म हुनु राम्रो हो। संगठनका अनुसार १०० सम्म मध्यम, १०० देखि १५० सम्म खराब, १५१ देखि २०० सम्म अस्वस्थ र २०१ देखि ३०० सम्मको धेरै अस्वस्थ र ३०० भन्दा बढी पुग्दा आपत्‌कालीन अवस्था हो।             Tajakhawar बाट साभार गरिएकाे।

                                 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved