काठमाडाैँ । काठमाडौँमा एकाबिहानै गुडिरहेको टेम्पाेमा अचानक आगो लाग्दा टेम्पाेमा क्षति पुगेको छ। काठमाडाैँकाे पुरानो बानेश्वर-मैतीदेवी-कमलपोखरी रूटमा चल्ने टेम्पाेमा आज बिहान करिब ७ बजेतिर एक्कासी आगो लागेपछि टेम्पाेमा क्षति भएकाे हाे।
आगाे लाग्ने टेम्पाे मुलपानीका ६२ वर्षीय राजेन्द्र बस्नेतकाे हाे।चालकसमेत रहेका टेम्पाेधनी बस्नेतका अनुसार उनले यात्रुलाई चाेकमा ओरालेर एक्लै बसेका थिए। साेही समयमा अचानक एक आवाज आयाे फर्केर हेर्दा टेम्पाेमा दनदनी आगाे लागेकाे थियाे।
यतिबेला साे आगाे स्थानीय र नेपाल प्रहरीकाे सहयाेगमा दमकलले आगाे निभाउने काम भइसकेकाे छ। आगाे लाग्नुकाे एकिक तथ्य नखुले पनि टेम्पाेभित्रकाे तार सर्ट भएर लागेको हुनसक्ने अनुमान गरिएको छ।
