Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

माधव नेलाललाई राष्ट्रपति स्विकार्न एमाले तयार

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 29, 2022
27 shares

काठमाडौं । नयाँ सत्ता समीकरण बनेर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार गठन भएसँगै एमालेले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर पार्टी एकता गर्नेसम्मको गृहकार्य तीव्र बनाएको छ।

प्रचण्ड र नेपालसँग तिक्ततापूर्ण सम्बन्ध राख्दै आएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा एमालेका दोस्रो तहका नेताहरू नेपाललाई राष्ट्रपति दिएर भए पनि नेकपा एससँग तत्काल पार्टी एकताको छलफलमा जुटेका छन्। यो छलफललाई सहज हुनेगरी प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालसँग सरकारमा सहभागी हुन औपचारिक वार्ता थाल्नु भएको छ ।

प्रचण्ड र एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमको जोडबल र पार्टी केन्द्रीय कमिटीदेखि जिल्ला नेतृत्वसम्मको सुझावका आधारमा नेपाल सरकारलाई निःशर्त समर्थन गर्न भने तयार भइसकेका छन् । बुधबार नेपालले केन्द्रीय कमिटीका सदस्य, जिल्लाका इन्चार्ज तथा सहइन्चार्ज र जिल्ला कमिटीका अध्यक्ष, सचिवहरूको भर्चुअल बैठक राखेर सरकारमा सहभागिता र वाम एकताका विषयमा सुझाव माग्नु भएको थियो ।

पार्टीका अधिकांश नेताहरूले प्रचण्ड नेतृत्वको सरकारलाई तत्काल समर्थन गर्न र विगतका गल्ती कमजोरीको समीक्षा गरी भावी दिनमा मनमुटाव नहुने ग्यारेन्टीसहित एकताको गृहकार्य गर्न पार्टी अध्यक्ष नेपाललाई ‘म्यान्डेट’ दिइसकेका छन् । यो म्यान्डेटसँगै एमाले नेतृत्वसँग वार्ता र सम्वादका लागि नेपाल तयार मात्र हुनुभएन, एमालेले राष्ट्रपतिका लागि गरेको प्रस्तावमा सकारात्मकसमेत बन्नु भएको छ ।

एमालेका एक स्थायी कमिटी सदस्यका अनुसार पार्टी अध्यक्ष ओली पार्टी एक हुने अवस्थामा नेपाललाई राष्ट्रपति बनाउन र सम्मानित नेता झलनाथ खनाललाई वरिष्ठ नेता बनाएर पुनः पार्टीमा भित्र्याउन तयार हुनुहुन्छ । ओलीको यो लाइनअनुसार बुधबार मात्र एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतसहितका नेताले नेपाललाई भेटेर सरकारमा सहभागी हुन र पार्टी एकता गर्न तेस्रो पटक प्रस्ताव गरेका थिए ।

यसअघि मङ्गलबार एमाले उपाध्यक्ष विष्णु पौडेलसहितको टिमले पनि नेपाललाई भेटेर यही प्रस्ताव राखेको थियो । यद्यपि, नेता नेपालले पौडेललाई नभेटेको बुधबारको भर्चुअल बैठकमा बताउनु भएको थियो । कांग्रेस नेतृत्वको गठबन्धन भत्किएसँगै एमाले नेताहरू तत्काल नेकपा एस र विस्तारै माओवादी केन्द्रसँग पनि एकता गरेर पुनः बृहत् वाम शक्ति निर्माण गर्नुपर्ने पक्षमा छन्।

यो आवाज नेकपा एस र माओवादी केन्द्रका दोस्रो तहका नेताले अझ बढी उठाउँदै आएका छन्। बुधबार नेपाललाई भेटेका एमाले नेता बस्नेतले नेकपा एस सरकारमा सहभागी हुन र पार्टी एकतालाई अघि बढाउन तयार रहेको बताए। भेटमा सहभागी नेकपा एसका नेता मेटमणि चौधरीका अनुसार एमालेबाट आएको पार्टी एकताको प्रस्तावअनुसार पार्टीभित्र गम्भीर छलफल सुरु भएको छ।

भर्चुअल बैठक पनि पार्टीको सचिवालय र नेताहरूका अनौपचारिक बैठकले नेता नेपालको राष्ट्रपति बन्ने सम्भावना र एकताका विषयमा सकारात्मक छलफल थालेको चौधरीको भनाइ छ। बृहत् वामपन्थी पार्टीको एक्लो अध्यक्ष बन्ने एमाले अध्यक्ष ओलीको पछिल्लो चाहनाअनुसार नेपाललाई राष्ट्रपतिको प्रस्ताव गरिएको हो। यसमा नेपाल सकारात्मक भए पनि सम्मानित नेता खनालले भने तत्काल हतार नगर्न सुझाव दिएका छन् ।

चुनावअघि पार्टीका तर्फबाट राष्ट्रपतिका आकाङ्क्षी थिए खनाल । तर, चुनाव हारेपछि अध्यक्ष नेपालले नै उनको राष्ट्रपति बन्ने सम्भावना कमजोर भएको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । एमाले अध्यक्ष ओलीले शक्तिशाली अध्यक्ष बन्ने चाहनाअनुसार नेपाललाई राष्ट्रपतिमा थान्को लगाउन खोजेको र अन्य नेतालाई पेल्न खोजेको खनालको बुझाइ छ।

पार्टी सचिवालय बैठकमा समेत उनले यो धारणा राखेपछि अन्य नेताहरूले भने विश्वासको बलियो आधार बनेको अवस्थामा अवसर र एकता दुवै गुमाउन नहुने बताएको एक सचिवालय सदस्य बताउँछन्।

एमाले प्रस्तावमा नेकपा एस र त्यसका अध्यक्ष नेपालले ठोस जबाफ दिन ढिला गरेपछि ओली आफैँले नेपाललाई भेटेर निर्णायक गफ गर्ने भएका छन्। एमालेका एक नेताका अनुसार सम्भवतः बिहीबार नै २ जना नेताबीच सम्वाद हुनेछ । यो सम्वाद निर्णायक नभए पनि यसले विश्वासको वातावरण भने बन्ने नेकपा एसका एक केन्द्रीय सदस्य बताउँछन् ।

एमालेको प्रस्तावअनुसार नेपाल तयार नभएको अवस्थामा मात्र एमालेले आफ्नो भागमा परेको राष्ट्रपतिमा कसलाई अघि बढाउने भन्ने औपचारिक छलफल थाल्ने एमालेका नेताहरू बताउँछन् । द नेपालटप दैनिकमा डिल्ली आचार्यले समाचार लेखेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved