Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गीतकार शर्माकाे नयाँ कृति “संवेदनाको आकार” लाेकार्पण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 27, 2022
3 shares
काठमाडौं । कवि तथा गीतकार महेश्वर शर्माको नयाँ कविता कृति “संवेदनाको आकार” आफ्नै गृह जिल्ला रुपन्देही देवदहबाट यहि पुस ९ गते शनिवार लोकार्पण भएको छ। अनुराग साहित्य समाज नेपालले आयोजना गरेको एक भब्य समारोह बिच सो कृति लोकार्पण गरिएको हो।
कार्यक्रममा वरिष्ठ कवि,गीतकार अग्नि महाकाव्य बाट मदन पुरस्कार प्राप्त गर्नुभएका डा नवराज लम्साल, वरिष्ठ गजलकार डा घनश्याम परिश्रमी,कवि,आख्यानकार,कथाकार तथा समालोचक महेश पौड्याल,कवि समालोचक महेश कार्कि क्षितिज,कार्यक्रमका सभापति अनुराग साहित्य समाज नेपालका अध्यक्ष साहित्यकार निर्मल ढुङ्गाना,र कृतिका माता पिता नरेन्द्र प्रसाद शर्मा र सरस्वती शर्माले संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो।
बिएन पुस्तक संसार बाट प्रकाशन गरिएको कृति बाट कार्यक्रममा कवि महेश्वर शर्माले आफ्ना माता पिताको चरण स्पर्श गरेर कृतिभित्रका केही कविता वाचन गर्नुभएको थिए। कार्यक्रममा कवि यज्ञ प्रसाद न्यौपाने र महेश कार्कि क्षितिजले सो कविता सङ्ग्रहको बारेमा शुभकामना सहित आफ्ना विचार राख्नुभएको थियो।
प्रमुख अतिथि वरिष्ठ कवि तथा गीतकार डा. नवराज लम्साल, वरिष्ठ गजलकार डा घनश्याम परिश्रमी,कवि,आख्यानकार,कथाकार तथा समालोचक महेश पौड्यालले शुभकामना मन्तव्य सहित कविलाई आगामी साहित्यिक यात्राको शुभकामना दिनुभएको थियो। कवि शर्माको साहित्यिक यात्रा निबन्ध लेखनबाट शुरु भएको भए पनि पछिल्ला दिनमा उहाँ कवि तथा गीतकारका रूपमा बढी सक्रिय हुनुहुन्छ।प्रस्तुत सङ्ग्रह उहाँको दोस्रो कविता कृति हो भने केही गीतहरू रेकर्ड भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेडियोहरूबाट समेत प्रसारण भइरहेछन् ।
नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान, अष्ट्रेलियाबाट सन् २०२२ का लागि भानु अवार्ड प्राप्त गर्नुभएका कवि शर्मा थुप्रै पुरस्कारहरूबाट समेत पुरस्कृत हुनुभएको छ । लामो समयदेखि अष्ट्रेलिया बस्दै आउनुभएका र अन्तर्राष्ट्रिय साहित्यिक मञ्चहरूमा नेतृत्वदायी भूमिकामा देखिएका शर्माले देवदह रुपन्देहीमा पिता नरेन्द्रप्रसाद शर्माको नामबाट साहित्यिक पुरस्कार प्रदान गर्ने गरी अक्षय कोषसमेत स्थापना गर्नुभएको छ।
 सोहि समारोहमा २०७५ देखि २०७८ सम्म नरेन्द्र अनुराग साहित्य पुरस्कार समेत प्रदान गरिएको थियो।समारोहमा सेतो सुनखानीका लेखक शम्भु अर्याल, हुटिट्याउँको मनका लेखक दीन पन्थी, एकलब्यको देब्रे हातका लेखक गिरि श्रीश मगर र तमोरका सुसेलीका लेखक लक्ष्मीकिशोर सुबेदी पुरस्कृत हुनुभएको थियो। कृति विमोचन कार्यक्रम अनुराग साहित्य समाजका अध्यक्ष निर्मल ढुंगानाको अध्यक्षता, वरिष्ठ साहित्यकार डा.नवराज लम्सालको प्रमुख आतिथ्यता र संस्थाका सचिव श्याम न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।
दोस्रो चरणको कार्यक्रम अर्थात् अनुराग साहित्य समाजको अधिवेशनका लागि अधिवेशन निर्वाचन समितिका संयोजक डासिराम पाण्डेले बन्न लागेको नयाँ समिति निर्विरोध भएको र यमलाल अर्यालको अध्यक्षतमा रहेको १२ सदस्य समिति सर्वसम्मत भएको घोषणा गर्नुभएको थियो। समितिको वरिष्ठ उपाध्यक्षमा सरस्वती बस्याल, उपाध्यक्ष श्याम न्यौपाने, सचिव शिव प्रसाद काफ्ले, सहसचीव राजकिरण अर्याल, कोषाध्यक्ष अनन्तराम भण्डारी, सदस्यमा जानुका लम्साल, भगवती शर्मा तिवारी, राहुल देव सापकोटा, रिता पराजुली, पुजा ढुंगाना र दिप मिलन रहनुभएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved