काठमाडौं । ख्रीष्टियन धर्मावलम्विहरुकाे धार्मिक आस्थाकाे केन्द्र येशु ख्रिष्टको जन्मदिनको सम्झनामा आज आइतबार ख्रीष्टमस डे मनाइँदैछ। ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन ख्रिष्टियन धर्मावलम्बीहरुले यो उत्सव मनाउँछन्।
२०२२ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको दिनको अवसरमा सबैको कल्याण होस् भन्ने कामनासहित चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी ख्रीष्टमस डे मनाइन्छ।
क्रिसमस डे नेपालमा भने वि.सं. २०६३ पछि नेपार राष्ट्रिय ख्रीष्टियन महासंघले महोत्सवका रूपमा मनाउन थालिएको हो। ख्रीष्टमसकाे अवसरमा पर्यटकीय क्षेत्र ठमेल, पोखरा, सौराहालगायत स्थलमा रमझम देखिएको छ। ख्रीष्टमसकाे अवसरमा सरकारले आज आइतबार सार्वजनिक विदा दिएको छ। नेपालमा तिसाैँ लाखकाे संख्यामा ख्रीष्टियन धार्मिक जनसंख्या छ भनेर विभिन्न ख्रीष्टियन संस्था तथा विभिन्न राजनितिक दलहरुले उद्घाेष गरेपनि तथ्य तथ्यांक भने राज्य संगपनि रहेकाे पाइन्न।
