Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रवीको जनमैत्री अस्पतालमा फेरी अर्को काण्ड

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 30, 2021
195 shares

कोरोनाको दोस्रो लहर शुरु भएपछि सरकारले संक्रमितको निःशुल्क उपचार गर्न निर्देशन दिएको छ । निजी अस्पतालहरुलाई पनि न्यूनतम शुल्कमा उपचार गर्न भनिएको छ ।

तर यसबीच निःशुल्क उपचार धेरै टाढाको विषय बनेको छ । निजी अस्पतालले न्यूनतम शुल्कमा समेत संक्रमितको उपचार गरेको देखिँदैन ।

त्यस्तै अस्पतालको सूचीमा सामेल भएको छ–काठमाडौँको बालाजुस्थित जनमैत्री अस्पताल । जसले सरकारको निर्देशनलाई बेवास्ता गर्दै संक्रमितहरुको उपचारमा चर्को शुल्क उठाइरहेको छ । अस्पतालले हातमा लगाउने पञ्जा (ग्लोब्स) र मुख पुछ्ने कागजको चिसो रुमालदेखि अक्सिजनसम्मको शुल्क बिरामीहरुसँग निर्वाध उठाएको देखिन्छ ।

हालै उक्त अस्पतालमा एक साता उपचार गराएर घर फर्केकी नवलपरासीकी एकजना बिरामीले अस्पताल शुल्क २ लाख १५ हजार रुपैयाँ र औषधी खर्च झण्डै ७२ हजार गरी पुग नपुग ३ लाख रुपैयाँ तिरेकी छन् ।

अस्पतालले भर्ना भएको अवधिभर डाक्टरले बिरामी भेटेको जम्मा १७ हजार, बेड चार्ज १ लाख ३७ हजार, ल्याब शुल्क ४० हजार १ सय र अक्सिजन चार्ज झण्डै ३४ हजार शुल्क गरी २ लाख २८ हजार रुपैयाँको बील थमाएको देखिन्छ । त्यसबाहेक औषधीवापत ७२ हजार रुपैयाँ तिराइएको छ ।

यो सबै गर्दा एक साता अस्पतालमा बसेर सामान्य उपचारमा बिरामीको आफन्तले ३ लाख रुपैयाँ तिरेको देखिन्छ । औसतमा उनले दिनको ४५ हजार र प्रति घण्टा पुग नपुग २ हजार रुपैयाँ खर्च गर्नुपरेको रहेछ ।

सबैभन्दा रमाइलो पक्षचाँहि अस्पतालले नेपाली बिरामीसँग अमेरिकी डलरमा हिसाब गरेको छ । अस्पतालले बिरामीको आफन्तसँग १ हजार ९ सय ५२ डलर र ६० सेण्ट अमेरिकी डलरमा हिसाब गर्नुको अर्थ डलरमा कारोबार गरेको प्रष्ट हुन्छ । त्यसरी अमेरिकी डलरमा कारोबार गर्नुको प्रयोजन भने खुलेको पाइन्न ।
जनआस्थाको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved