Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दशकपछि माेटरेवल पुल सञ्चालनमा त आयाे तर, सडककाे अवस्था उस्तै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 22, 2022
0 shares

खाेटाङ। उदयपुर र खाेटाङ जोड्ने फोक्सिङ्टारस्थित सुनकोशी नदिमा मोटरेबल पक्की पुल आज बिहिबारबाट सञ्चालन आएको छ ।

उक्त पुल सञ्चालनमा आएसँगै पुर्वि तराई आवतजावत गर्न र सामान ढुवानी गर्न  खाेटाङ जिल्लाबासीहरुलाई  केही सहज हुने भए पनि सडककाे दुर्दशा भने उस्तै रहँदा अझै पनि नागरिकहरु हर्षित भने छैन ।  तर,उक्त पुल सञ्चालनमा आएसँगै जिल्लाको आर्थिक क्रियाकलापदेखि विकास निर्माणमासमेत केहि सहजता हुने अपेक्षा चाहिँ गरिएको छ । दैनिक उपभोग्य सामान ढुवानीमासमेत केही सहजता हुनेभएपछि अघिल्लो वर्षहरु जस्तो बर्खामा सामानको मूल्य बृद्धि नहुने ब्यापारीहरुको अनुमान छ ।

२०७३ चैत २२ गते सम्पन्न गर्नेगरी २०६९ चैत २३ गते  गौरी पार्वती वाईपी जेभीले पुल निर्माणको सम्झौता गरेको थियोे । गौरी पार्वती वाईपी जेभीको चरम ढिलासुस्तीका कारण सम्झौता भएको दश वर्ष पश्चात मात्र पुल सञ्चालनमा आएको छ । ठेकेदार कम्पनीको लापारबाहीको कारण हरेक वर्ष अस्थायी बेलिब्रिज जडान गर्दा र हटाउदा राज्य कोषबाट करोडौँको खर्च भैरहेको थियोे ।

१२० मिटर लामो पुल भ्याटसहित रु २२ करोड ६७ लाख ११ हजारमा पूरा गर्नेगरी निर्माण कम्पनीले ठेक्का लिएको थियो । पुलको रङरोगन तथा वाइरिङको काम बाकी रहेपनि बिहिबारबाट पुल सञ्चालनमा ल्याइएको छ ।

उता, कालोपत्रको काम थालिएको दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक अलपत्र अवस्थामा छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने उक्त महुरे–फोक्सिङटार सडक कालोपत्र ठेकेदार कम्पनीको चरम लापरबाहीले अलपत्र परेको छ ।

मध्यपाडी लोकमार्गबाट छुट्टिने महुरेदेखि राजापानीको सिम्पानी (२२ किलोमिटर) सडक कालोपत्रको काम भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी तथा सिम्पानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) सडक खण्डको काम देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले जिम्मा लिएको थियो । दुवै सडक ठेकेदारको लापरबाहीले कालोपत्रको काम नहुँदा हिउँदमा धुलो र वर्षामा हिलोका कारण यात्रुहरु समस्यामा पर्ने गरेका छन् । भने, सडक छेउका नागरिकहरु दाेहाेराे पिडामा छन्।न त मालपाेत कार्यालयले साे सडकले काटिएकाे जमिनकाे लगत कट्टा गर्याे न सडक पिचनै। गाडि गुडिरहेकाे जमिनकाे मालपाेत तिराईमा परेका छन् भने हिलाे धुलाेकाे पीडा उस्तै तसर्थ साे माेटरेवल पुल सञ्चालन हुँदैमा खुसि हुनुपर्ने नदेखिने बताउँछन् स्थानिय प्रेम कुमार श्रेष्ठ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved