खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आगलागी हुँदा पाँच घर नष्ट भएको छ । साेमबार साँझ करिब साँढे पाँच बजे सुरु भएको आगोले व्यवसायी दिपक गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ र शुभराज राईकाे सहित पाँच घर जलेर पुर्णरुपले नस्ट भएकाे हो । बजारका अन्य घरमा आगो फैलिन नदिन स्थानीय अकबर राईको घर जेसिभि र स्काभेटर लगाएर भत्काइएको थियो ।
घटना लगत्तै गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईको अध्यक्षमा बसेको बैठकले आगलागी पिडितलाई आगलागी पिडित परिवारहरुलाई लागि क्षतीपुर्ती उपलव्ध गराउन संघीय सरकार, प्रदेश सरकार लगायतका सम्पूर्ण सरकारी तथा गैर–सरकारी निकायलाई अनुरोध गर्ने निर्णय गरेको थियाे।
साेमबार साँझ करिब साँढे पाँच बजे सुरु भएको आगोले व्यवसायी दिपक गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ र शुभराज राईको घर जलेको हो । बजारका अन्य घरमा आगो फैलिन नदिन स्थानीय अकबर राईको घर जेसिभि र स्काभेटर लगाएर भत्काइएको थियो ।गुरुङको घरबाट सुरु भएको आगोले अन्य घर पनि जलाएको हो । आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट
रमेश परियारकाे ५०५९०००/
रत्ना गुरुङकाे १३८२५००/
दिल गुरुङकाे ४४८५०००/
समीर राईकाे ४१३५०००/
हस्तकुमारी राईकाे ६०४०००/
डिललि कुमार श्रेष्ठकाे १३१६२०००/
पवन कुमार श्रेष्ठकाे ३०४००००/
इन्द्रकला राईकाे ५८०००/
तारादेवि राईकाे ४६०००००/
जम्मा : ४,३४,४३,५००/
क्षेति भएकाे स्थानिय गणेश राईले बताएका छन्।
