Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खाेटाङ: राजनीतिक अड्काेमा पार्टि सम्वद्ध कर्मचारीलाई सास्ति

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 20, 2022
48 shares

खोटाङ । दस स्थिनि तह रहेकाे खाेटाङ जिल्लाकाे ऐसेलुखर्क र दिप्रुङ चइचुम्मा गाउँपालिका बाहेक एक नगरपालिका सहित सात गाउँपालिका गरि आठ स्थानिय तहमा गठबन्धनका उमेदवारहरुले स्थानिय तह सरकारकाे नेतृत्व गरिरहेका छन्।

जुन नगर पालिका वा पालिकामा गठबन्धनले विजय हासिल गरे ती स्थानिय तहमा कार्यरत करारका कर्मचारीहरुकाे म्याद समेत थप नगरेकाे गठबन्धनका प्रमुख,उपप्रमुखहरुले स्थाई कर्मतारिहरुलाई सरुवा र विभाग साटफेर गरेर हैरानि दिएकाे पाईएकाे छ।

यहि सिलसिलालाई निरन्तरता दिँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धन नेतृत्वकाे प्रमुख र उपप्रमुखकै मिलेमताेमा नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका कर्मचारीहरुलाई बिना बिभागिय बनाउनुका साथै बिभिन्न ठाँउमा सरुवा गरायर हैरानी दिने गरेको नगरमा कार्यरत एक कर्मचारीले बताए ।

गत बैशाख ३० मा स्थानिय तहको निर्वाचन सम्पन्न भएसंगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनका उम्मेद्धारहरु बाट नगर प्रमुखमा नेपाली काँग्रेसका तिर्थराज भट्टराई साथै उप प्रमुखमा नेकपा माओबादी केन्द्रका बिशन राईले नेतृत्व सम्हाल्दै आएका छन् । यिनै प्रमुख र उपप्रमुख आएसंगै एमाले निकटका कर्मचारीलाई बिना बिभागिय बनाउनुका साथै सरुवा गरायर अपायक स्थानमा लगि दुःख दिएको कर्मचारीहरुको गुनासो रहेको छ ।

दरबन्दी अनुसार कर्मचारीहरु हुँदाहुदै पनि अन्य संगठनका कर्मचारीहरुलाई सहमती दिई दरबन्दीमा रहेका नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष समेत रहेकी वडा नं.१ की अधिकृत छैटौं कर्मचारी रेखा राई लाई जिम्मेवारी बिहिन बनाएको,श्वास्थ्य शाखाको प्रमुख रहेका तिर्थराज आचार्यलाई जिम्मेवारी बाट हटाई खाल्ले स्वास्थ्यचौकीमा पठाएको, महिला शाखाको प्रमुख मन्दिरा घिमिरेलाई ,वडा नं.९ निर्मलीडाँडा पठाएको उक्त ठाँउमा काजमा आएको कर्मचारीलाई जिम्मेवारी तोकिएको कर्मचारीहरुको भनाई रहेको छ ।

त्यसैगरी नगरपालिकामा कम्प्युटर अपरेटरको दरबन्दी संख्या १ भएकोमा तत्कालिन जिबिस बाट कम्प्युटर अपरेटर मा समायोज भइ आएको गोमा ढकाललाई वडा नं.२ सोल्मामा पठाई उक्त दरबन्दीमा नगर प्रमुख,उप प्रमुखको मान्छे २ जना करारमा कर्मचारी नियुक्ती गरेर नगरको आर्थिक भार बढाएको खुल्न आएको छ ।

अझ चाख लाग्दो कुरा के छ भने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १ बाट दोस्रो कायर्यकालको निर्वाचित महिला सदस्य अन्जना बस्नेत, ले अगिल्लो कार्यकाल पनि निर्वाचित भएपछि एकल महिला भत्ता खाँदै आएको र पछिल्लो पटक पनि निर्वाचति भएपछी उक्त भत्ता दाबि गरेपछी राज्यको कानुन अनुसार दोहोरो भत्ता बुझ्न नपाउने ब्यबस्था अनुसार वडा सचिब रेखा राईले भत्ता रोकेपछी निज कर्मचारी रेखा राईलाई सरुवा गराई बिना बिभागिय बनाएको खुल्न आएको छ ।

 

दोहोरो भत्ता सुबिधा लिनेहरुमा निर्वाचित वडा नं.१ का खुला सदस्य नेपाल सरकारका सेवा निबृत्त कर्मचारी बलराम आचार्य र नेपाल सरकारकै सेवा निबृत्त कर्मचारी खानेपानी टेक्निसियन हाल जिल्ला समन्वय समिती सदस्य दुर्गा घिमिरे समेत रहेको एक श्रोतले जनाएको छ ।

निर्वाचित जनप्रतिनिधिहरुले आफु निकटको कर्मचारी राख्ने र आफ्नो हितमा निर्णय गरी आर्थिक उपार्जन मिलिभगत गर्ने रणनैतिक योजना अनुसार कानुनको बर्खिलाप र नेपाल निजामती कर्मचारी संगठन निकट कर्मचारीहरुको हित बिपरित गतिबिधी भएको कर्मचारी नेताहरुको भनाई रहेको छ । भने यहि बिषय लिएर के कर्मचारी माथि नगरले व्यवहारमा फरकता लिएकै हाे त ? भनी साेध्न खाेज्दा नगर प्रमुख भट्टराई कार्यालयले उपलभ्ध गराएकाे ९८५२८४९९०० माेबाएल नम्मरमा सम्पर्क हुन सकेन भने ब्यक्तिगत माेबायल नम्मर बन्द गरीएकाे हुनेले संवाद हुन सकेन।

हुन त यस नगरपालिकामा कार्यरत प्राय: कर्मचारीहरु एमाले सम्वद्ध कर्मचारी संगठनका रहेका छन् । सङ्घियता कार्यन्वयनकाे पहिलाे स्थानिय तह निर्वाचनबाट निर्वाचिन नगर प्रमुख र उपप्रमुखले गरेकाे कयाैँ बिकास निर्माण र कृषि, खानेपानी,सडक निर्माणका कामहरुमा चरम अनियमितता छ भनेर  हालका  उपप्रमुखकाे संयाेजकत्वमा छानविन समिति गठन गरेरै अघि बढेका थिए तर राजनितिमा सत्रु हुन्न भन्नेलाई सात्य मानाैँ या दयाकाे भाव देखाए भनाैँ तिनै जनप्रतिनिधिलाई बचाउनकैलागि ति नगरका कर्मचारीहरूलाई बदला लिई दुख दिईरहेका त हैन भन्ने बिषय बनेकाे छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved