काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले एकै पटक संविधानको धारा ७६ (२) अनुसारको सरकार बनाउन आव्हान गरेकी छन् ।
राष्ट्रपति भण्डारीले सात दिनको समय दिएर संसदमा रहेका दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठन गर्न आह्वान गरेकी हुन्।राष्ट्रपति कार्यालयका अनुसार आगामी १० गते बेलुका ५ बजेभित्र सरकार गठनको लागि बहुमत ल्याउन राष्ट्रपतिले समय दिएकी छन्।
‘प्रधानमन्त्री नियुक्त गर्नको लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि पुष १० गते आइतबार १७ः०० बजे भित्र दावी पेश गर्न सम्माननीय राष्ट्रपतिज्यूबाट आव्हान भएको व्यहोरा अनुरोध छ,’ राष्ट्रपति कार्यालयको सूचनामा भनिएको छ। सो अवधि भित्रै सरकार गठनका लागि गठबन्धन दलहरु सक्रिय भएका छन् ।
