Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चाँगु नगरकाे चाैमासिक सार्वजनिक सुनुवाइ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 18, 2022
464Shares

भक्तपुर । जनप्रतिनिधिले जनताको कुरा नसुन्ने र आफ्नै मनोमानीमा रमाउने आरोप लागिरहँदा चाँगुनारायण नगरपालिकाले भने आफ्नो सेवाबारे सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । पहिलो पटक सार्वजनिक स्थानमा सभाको आयोजना गरी चाँगुनारायण नगरपालिकाले आर्थिक वर्षको पहिलो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।

स्थानीय सरकारको रुपमा रहेको चाँगुनारायण नगरपालिकाले बिहीवार वडा नम्बर १ दुवाकोटमा सार्वजनिक सुनुवाई मात्र गरेन ३ घण्टा बढी समय नगरप्रमुख जीवन खत्रीले स्थानीयको अपेक्षा र सुझाव संकलन समेत गरे । भक्तपुरको कान्छो नगरपालिकाको रुपमा रहेको चाँगुनारायण नगरपालिकाले जनताप्रति उत्तरदायी बन्दै जनताको जिज्ञासाको सामना गर्ने सामर्थ्य देखाएको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष जगत प्रजापतिले नगर नेतृत्वको प्रशंशा समेत गरे ।

कोठाचोटामा आफ्ना समर्थक मात्र राखेर सार्वजनिक सुनुवाइको नाटक मन्चन गर्ने प्रवित्ति विरुद्ध सार्वासाधरणको सहज पहुँच रहेको सार्वजनिक स्थानमा सार्वजनिक सुनुवाई गरेर नगरपालिकाले आलोचनालाई स्वीकार गर्ने सकारात्मक सस्कार शुरु गरेको भन्दै महासंघले यसको निरन्तरताको लागि समेत शुभकामना दिएको छ ।

उक्त सार्वजनिक सुनुवाई कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ भक्तपुरको तर्फबाट सचिव संजीप घिमिरे ‘शुभचिन्तक’ ले गरेका थिए । कार्यक्रममा महासंघले १ हप्ता लगाएर सेवाग्राही र सरोकारवालासंगको स्थलगत कुराकानीको आधारमा तयार पारेको सेवाग्राही बहिर्गमन अभिमत सन्तुष्टि र नागरिक सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो । सचिव शुभचिन्तकले सर्वेक्षणबाट प्राप्त नतिजाले सेवाग्राहीमा सेवा प्राप्तीबारे थप चेतना जागृत हुने र नगरपालिकाले आफ्नो योजना र नीति तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने उदेश्य रहेको स्पष्ट पारेका थिए ।

उक्त अवसरमा सार्वजनिक सुनुवाईमा सहभागी भएका करिब २ सय स्थानीय मध्ये १६ जनाले नगरपालिकाको सेवाबारे जिज्ञासा एवं सुझाव प्रस्तुत गरेका थिए । नागरिक अगुवाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीले उत्साहपूर्वक सक्रिय सहभागिता जनाएका देखिन्थे। कार्यक्रममा माधवप्रसाद न्यौपाने, तुलसीलाल बासुकला, सूर्यकान्त दाहाल, जनार्दन केसी,केशव खनाल,परशुराम खनाल,गणेश पौडेल,लीलामाया पौडेल,चक्रधरानंद राजोपाध्याय,हिम्मत सिंह नेपाली,प्रेमबहादुर भुजु,दिल कुमार बाला,अनिता नेउपाने,ह्दय खड्का र रितेश खड्काले सार्वजनिक चासोको विषयमा प्रश्न र सुझाव प्रस्तुत गरेका थिए ।

उक्त अवसरमा नेपाली कांग्रेसका नगर सभापति शिवहरी केसी, नेकपा (माओवादी केन्द्र)का नगर अध्यक्ष नरेश खड्का र नेकपा(एमाले)का नगर उपाध्यक्ष जयराम बास्तोला लगायतले पनि नगरको कामकारवाहीप्रति टिप्पणी गर्दै जनपक्षीय काममा पार्टीको सदैव सहयोग र खबरदारी रहने प्रतिवद्धता प्रकट गरेका थिए ।

जिज्ञासाहरुको जवाफ दिंदै प्रमुख प्रशासकीय अधिकृत हिरामणी सुवेदीले सामुदायिक विद्यालयको स्तरउन्नती, स्वास्थ्य सेवाको सुदृढीकरण र कृषी क्षेत्रलाई उकास्ने योजना बनाउने विश्वास दिलाएका थिए । उनले विषयगत उठेका समस्यालाई समाधान गर्न उपस्थित नगरपालिकाका शाखा प्रमुखहरुलाई निर्देशन समेत दिए ।

त्यसैगरी नगर प्रमुख जीवन खत्रीले दुवाकोटमा वीर अस्पताल यथाशीघ्र स्थानान्तरण गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रत्यक्ष भेटेर अवगत गराएको जानकारी गराउदै यस विषयमा नगरपालिका गम्भीरतापूर्वक लागिरहेको बताए । उनले झौखेलमा मानव अंग प्रत्यारोपण केन्द्र सार्न पहल भैरहेको जानकारी गराए । साथै नगरमा क्यान्सर र मृगौलाका बिरामी अनपेक्षित किसिमले बढिरहेको प्रति चिन्ता व्यक्त गर्दै स्वास्थ्यलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर नगरबासीका सबैखाले स्वास्थ्य समस्याको समाधान गर्न विशेष योजना ल्याइने समेत बताए ।

चाँगुनारायण नगरपालिका मातहत भनिएको नेपाल इञ्जिनियरिङ्ग कलेज सस्थागत रुपमा नगरपालिका मातहत नदेखिएको खुलासा गर्दै यसलाई कानुनीरुपले दीर्घकालीन हिसाबले नगरपालिका मातहत ल्याउन आफू प्रयासरत रहेको प्रमुख खत्रीले प्रष्ट पारे । यस्तैगरी नगरका कुनै पनि स्थानमा नगरपालिकाले माटो सम्याउन तथा डोजर लगाउन रोक लगाएको उनले जिकिर गरे । जग्गा बिग्रेकालाई सम्याउन तथा खेती योग्य बनाउन सर्वपक्षीय छलफलमा आफू लागेको समेत जानकारी गराउदै जमिन भासिने र पहिरोको जोखिममा रहेको नगरपालिकालाई सबै मिलेर सम्भावित बिपद बिरुद्धयोजना कार्यान्वयन गर्नुपर्ने आवस्यकता औल्याए ।

यस्तै उनले यातायातलाई सबैको पहुँचमा पुर्याइने जिकिर गरे । कृषी,ब्यापार र पर्यटनमा प्राथमिकतापूर्वक लगानी गर्दै आत्मनिर्भरता तर्फ अघि बढ्ने योजना बताए । नगर प्रमुख खत्रीले सबैको साथ लिएर समृद्ध चाँगुनारायणको सपना साकार पार्ने प्रतिवद्धता प्रकट गरे । नगरप्रमुख खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सहजीकरण नगरपालिकाकी अधिकृत निला घिमिरेले गरेकी थिइन् । सार्वजनिक सुनुवाईमा नगरपालिकाका वडाध्यक्ष लगायत जनप्रतिनिधिहरु एवं कर्मचारीहरु समेत उपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved