आकाश मगर ,उदयपुर। चाेैतर्फि दवाव पछि नेपाल पत्रकार महासंघ शाखा कार्यालय उदयपुरका पुर्ब सह सचिब तथा निगरानी पाेष्ट अनलाइनका सञ्चालक पत्रकार गजेन्द्र राई रिहाई भएका छन् ।
समाचार लेखेकै आधारमा गत मंसिर १० गते निर्वाचनको रिपोर्टिङकै क्रममा पत्रकार राईलाई साइबर ब्युराेकाे टाेलीले उदयपुर प्रहरीकाे सहयाेगमा गाइघाट बजारबाट पक्राउ गरेकाे थियाे ।
समाजमा घटेका ब्यथिती बिरुद्ध समाचार लेखेकाे आधारमा साइबर क्राइमकाे अपराधमा पक्राउ परेका राईलाई काठमाडौं जिल्ला अदालतले आज गरेकाे थुनछेक आदेशमा ५० हजार रुपैया धराैटमा रिहा गरेकाे जानकारी प्राप्त भएकाे छ ।
समाचार लेखेकाे बिषयमा चित्त नबुझे प्रेस काउन्सिल नेपालमा उजुरी दिनु पर्नेमा साेझै पत्रकारलाई साइबर अपराधकाे मुद्दा चलाएकाे भन्दै नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय,नेपाल पत्रकार महासंघ १ नं. प्रदेश,जिल्ला स्थीत महासंघ का शाखा कार्यालय एबं पेशागत सञ्चार संगठन हरुले पत्रकार राईकाे रिहाइकाे लागि बिज्ञप्ति जारी संगै आन्दोलनका कार्यक्रम सार्बजनिक गरेका थिय ।
