Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सिरहाको लहान इलाका प्रहरी कार्यालय अगाडि पत्रकारको धर्ना

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 8, 2022
29

सिरहा । सिराहाको लहानस्थित इलाका प्रहरी कार्यालयको मुख्य गेटमा पत्रकारहरु बिहीबार बिहानदेखि धर्नामा बसेका छन् ।

सार्वजनिक विदाको दिन सरकारी नम्बर प्लेटको मोटरसाइकल चढेका सिरहाको नवराजपुर गाउँपालिका अध्यक्षका छोरासहित तीन जना विरुद्ध कारबाहीको मागसहित प्रहरी कार्यालय पुगेका पत्रकाहरुलाई प्रहरी निरीक्षकले महासंघका जिल्ला उपाध्यक्षसहितका पत्रकारलाई अभद्र व्यवहार गरेको भन्दै धर्नामा बसेका हुन् ।

महासंघका जिल्ला शाखा अध्यक्ष मनोज बनैताले सार्वजनिक विदाको दिन सरकारी मोटरसाइकल चढेको विषयमा सोधखोज गर्ने नवलपुर टुडेका पत्रकार प्रदिप सिंह(महत्तो)लाई कुट्ने गाउँपालिका अध्यक्षका छोरासहित तीन जनामाथि कारबाही र पत्रकारमाथि अभद्र व्यवहार गर्ने प्रहरी निरीक्षक कृष्ण खत्री उपर कारवाही नभएसम्म धर्ना जारी रहने बताएका छन्।

गाउँपालिका अध्यक्ष शिवउद्गार यादवकाे दवाव र प्रभावमा परेर कुटिएका नवलपुर टुडेका पत्रकार प्रदिप सिंह (महत्तो)ले दिएको जाहेरीसमेत दर्ता नगरी प्रहरी निरीक्षकले उल्टै पत्रकारहरुलाई अभद्र व्यवहार गरेकाले बाध्य भएर प्रहरीकै गेटमा धर्ना बस्नु परेको अध्यक्ष बनैताले बताए ।

गत १२ मंसिरको अपरान्ह सखुवानन्कारकट्टी गाउँपालिका-५ इटहर्वामा लागेको विवाह पञ्चमी मेलामा नवराजपुर गाउँपालिका अध्यक्षका छोरा नवराजपुर २ मझौरा बस्ने २० वर्षीय चन्दन यादव र १९ वर्षीय अमित यादव तथा २ नं. वडा बस्ने १८ वर्षीय पप्पु यादवको समहूले नवलपुर टुडेका पत्रकार प्रदिपकुमार सिंह(महतो)लाई कुटपिट गरेका थिए ।

नवलपुर टुडे अनलाइन पोर्टल र नेत्र दैनिक राष्ट्रिय पत्रिकामा कार्यरत २३ वर्षीय प्रदिप कुमार महतोले आरोपी तीन जना सरकारी मोटरसाइकल चढेको देखेपछि तस्बिर र भिजुअल लिन खोज्दा गाउँपालिका अध्यक्षको छोरा हुँ भन्दै कुटपिट गरेको बताए ।

अध्यक्षका छोरा चन्दानसहित तीन जनाले गाउँपालिकाको नाममा रहेको प्र.१–००१ व ०३२३ नम्बरको मोटरसाइकल चढेको विषयमा प्रश्न उठाउँदा आफू कुटिएपछि कारबाहीको मागसहित जाहेरी दिएको भएपनि प्रहरीले दर्तासमेत गर्न नमानेको उनले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved