काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाले भक्तपुरकाे चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधिलाई स्वागत गरेकाे छ ।
नगरस्तरीय समावेशी सरसफाइ कार्यक्रमको प्रवर्द्धनका लागि साे नगरपालिका पुगेकाे जनप्रतिनिधिको टाेलीलाई साे नगरपालिका नगरप्रमुख हरिगाेविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले स्वागत गरेका हुन् ।
चाँगु नारायण नगरका प्रमुख जीवन खत्री नेतृत्वको टाेलीलाई स्वागत गर्दै महालक्ष्मी नगरपालिका प्रमुख श्रेष्ठले सरसफाइसम्बन्धी काममा महालक्ष्मी नगरपालिकाले उदाहरणीय काम गरेकाे बताए । उनले साे कामकाे अध्ययनका लागि चाँगुनारायण नगरपालिकाले उपयुक्त ठान्नुलाई नगरकाे गर्वकाे विषय भएकाे बताए ।
चाँगुनारायण नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, नगरपालिकाका अधिकृत, सरसफाइ संयाेजक, सहजकर्तालगायतकाे टाेलीलाई महालक्ष्मी नगरपालिकाका इन्जिनियर धिरज खड्काले वातावरण सुधार र सरसफाइकाे क्षेत्रमा गरेकाे कामसहितकाे प्रस्तुति गरेका थिए ।
साे टाेलीले लुभुस्थित दिशाजन्य लेदाे व्यवस्थापन केन्द्रकाे स्थलगत अवलोकन गरेका थिए । स्वागतकाे क्रममा डायरी र महालक्ष्मी देवीकाे मूर्ति प्रदान गरेका थिए ।
- September 29, 2026
