काठमाडौं। काठमाडौंको सुकेधारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पत्तिको ज्यान गएको छ ।
ना ३ ख ५२४७ नम्बरको ट्रकले प्रदेश ३–०२–००६४–९७ २७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
मोटरसाइकल चालक कुमार राई र मोटरसाइकलमा सवार राईकी श्रीमती मेनुकाको ज्यान गएको प्रहरीले जनाएको छ ।
हिजाे शुक्रबार दिउँसो ट्रकले ठक्कर दिएपछि उनीहरुलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ भने ट्रक चालक प्रहरीको नियन्त्रणमा छन् ।
मृतक दम्पति जडिबुटि स्थित जीवन दर्शन मण्डली जडिबुटीका पास्टर दम्पति रहेकाे र दुवै जना मण्डलि सेवाबाट घर आउने क्रममा मोटरसाइकल दुर्घटनामा परेका हुन् ।, मृतक राई दम्पतिकाे आजै ख्रीषटियन धार्मिक परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिएकाे छ भने मृतक दम्पतिकाे एक छाेरा र एक छाेरि रहेकाे उनिहरुलाई नजिकबाट नियालेका इश्वर श्रेष्ठले बताएका छन्।
