Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ठेकेदारको लापरबाहीमा सरोकारवालाको लाचारीपन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 14, 2022
9 shares

झइन्द्र भण्डारी,प्यूठान। माण्डबी नदीमा पक्की पुल बन्ने भएपछि खुसीले निकै उत्साहित भएका स्थानीयको खुसीले ६ वर्ष पछिसम्ममा पनि पूर्णता पाउन सकेको छैन । आर्थिक वर्ष २०७३/०७४ सालमा स्वर्गद्वारी नगरपालिका ३ जलुके र वडा नम्बर ७ नल्सी जोड्ने पक्की पुल बनाउने भनेर ६ वर्ष अघिदेखि प्रक्रियागत रूपमा निर्माण कार्य थालनी भएको माण्डबी खोलाको पक्की पुलले आर्थिक वर्ष २०७९/०८०को मध्यतिर आउदा पनि पूर्णता पाउने छाटकाट भने छैन ।
३ वर्षभित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरी पुल निर्माणको जिम्मा लिएको मृत सञ्जिवनी लोहनी एण्ड ब्रदर्श नामक निर्माण कम्पनीको लापरबाही र ढिलासुस्तीले पुल अलपत्र स्थानीयले गुनासो गरेका छन ।
लोहोनी भनेर चिनिने चितवनको निर्माण कम्पनीले निर्माण कार्य थालनी गरेको ६ वर्ष बित्दासम्म पनि उक्त पुलको निर्माण
सम्पन्न गर्नतिर अग्रसर नदेखाएको प्रष्ट देख्न सकिन्छ । वर्षातको समयावधिमा निर्माण कार्यमा समस्या आउने हुनाले त्यो समयमा काम रोक्ने र हिउँद लागेपछि पनि काम सञ्चालनमा नआउदा यसरी पुल अलपत्र परेको स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारीले बताउनु भएको छ । हिउँद सक्किन लाग्दासम्म निर्माण कार्य सुचारु नगर्ने र हिउँदको अन्त्यतिर काम गर्न थाल्ने प्रवृत्तिले यस्तो समस्या बल्झिएको भण्डारीको जिकिर छ । पुलको योजना बनाई यस ठाउँमा पुल निर्माणमा विशेष भुमिका निर्वाह गर्नु भएका नगरप्रमुख भण्डारीले आफूले यो बारेमा विभिन्न माध्यमबाट पटकपटक निर्माण कम्पनी , ठेकेदार समक्ष कुरा गरी ध्यानाकर्षण गराउदा पनि मौन रहेको बताउनु भएको छ ।
प्रत्येक वर्ष हिउँदको पनि अन्त्यतिर मात्र कामको प्रक्रिया अगाडि बढाउने र वर्षा ऋतुसङ्गै काम बन्द गर्ने परीपाटी नै समस्याको जरो बनेको स्थानीय टिकाराम भण्डारीले बताउनु भयो ।
६ वर्षको अवधीमा पुलको आधा भाग भने निर्माण भइसकेको छ तर पुलको अर्को आधाभागको काम सम्पन्न गर्न आर्थिक वर्ष २०७८/०७९ को अन्त्यतिर पनि निर्माण कम्पनीले थालनी गरेको थियो । सम्पूर्ण व्यवस्थापन गरी अन्तिम कार्य गर्न थाल्दा वर्षात सुरू भयो र फेरि माडीखोलामा बाढी आएर क्षती हुन सक्ने कारण र सडक डिभिजनको पत्र आएको भन्दै तयार पारीएको सामाग्री पनि खोलेर निर्माण कम्पनीले काम बन्द गर्यो । त्यस पश्चात वर्षातको समयसङ्गै नदीमा बाढी आयो र पुल ढलानको लागि तयार पारीएको सामाग्रीमा क्षती पुग्यो । बाढीले क्षति पुराएको दुई महिना बितिसक्दा पनि ठेकेदार बेखबर झै छन भने निर्माणाधीन पुल अलपत्र नै छ । विभिन्न बाहानामा निर्माण कार्य सम्पन्न गर्ने समयावधि थप गर्ने ठेकेदारको चरम लापरबाहीमा सम्बन्धित निकायले समयावधि थप गरेर लाचारीपन देखाउन सम्म पछि हटेन । तात्कालिक सरकारदेखि अहिलेको सरकारको लय एउटै भएकाले पनि समस्या झन बल्झिएको छ ।
निर्माण कार्य थालनी गरी काम सम्पन्न गर्न तर्फ लाग्नु त एकादेशको कथा भयो ढलेका सामाग्रीपनि नउठाएर रमिता देखाई ठेकेदार लापत्ता भएको टिकारामले बताएका छन । पुल बन्ने कुराले पलाएको नागरिकको खुसी ठेकेदारको लापरबाही र अनुगमन नगर्ने म्याद थपिदिने सम्बन्धित निकायको लाचारीपनले अझै पुलको निर्माण सम्पन्न हुन कति समय लाग्ने हो भनी दुख व्यक्त गर्दै ढलेको पुलले आफ्ना खुसी च्यापीएको महसुस स्थानीयले गरेका छन ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved