अछाम। सुदुरपश्चिमकाे बझाङ स्थित पातादेवल आसपास केन्द्रविन्दु बनाएर ५.४ रेक्टरस्केलकाे भुकम्प गएकाे छ।
सदुरपश्चिमकाे अछाम सहित तराईको प्रायः सबै जिल्लाहरुमा धक्का महसुस गरिएक्काे भुकम्प सनिबार साँझ ८बजेर १२मिनेटका गएको थियाे।
साे भुकम्पकाे कारण अछाममा सडक भत्किएको छ भने अछामकाे साँफेबगरकाे चिप्ले पानीमा सडक भासिएक्काे छ भने पहिराेले बाटाे अबरुद्ध भएकाे थियाे। अहिले साे अबरुद्ध सडक खुलाउने प्रयास जारी रहेकाे साथै साे भुकम्पबाट भएका क्षेतिबारे थप विवरण आउन बाँकि रहेकाे जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ। तस्विर : सामाजिक सञ्जालबाट साभार गरिएको
