Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नगरप्रमुख र अधिकृत विरुद्ध उजुरी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 12, 2022
39 shares

कृष्ण कुँवर (कर्नेलियस)
पर्बत । फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारी र प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेल बिरुद्ध गैरकानूनी कार्य गरेको भन्दै तेह्र जना कार्यपालिका सदस्यहरुले उजुरी दिएका छन् ।
जिल्ला समन्वय समितिको कार्यालयमा कात्तिक २४ गते उजुरी गर्दै प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराएका छन् । नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले स्थानीय स्रोतको दुरुपयोग गरेको, मनखुशी बजेट विनियोजन गरि खर्च भुक्तानी गर्ने गरेको आरोप लगाइएको छ ।
कार्यपालिका सदस्यहरुले संयुक्त विज्ञप्ति प्रकाशन गर्दै फलेवास नगर कार्यपालिकाको बैठकमा प्रस्ताब र छलफल नै नभएका बिषयहरु कार्यपालिकाको निर्णय पुस्तिकामा लेखिएको र स्थानीय स्रोत र बजेट दुरुपयोग गरेको जानकारी गराएका छन् ।
नगर कार्यपालिकाको बैठकमा छलफल नै नभएका बिषयहरु निर्णय पुस्तिकामा लेख्ने, स्थानीय स्रोतको दुरुपयोग गर्ने, मनखुशी रुपमा निर्णय लेख्ने, बजेट विनियोजन गर्ने, खर्च भुक्तानी गर्ने, गैरकानूनी कार्य गरेको र सो कार्यलाई नगरप्रमुख गंगाधर तिवारीले प्रोत्साहन गरेको, प्रमुख प्रसाशकीय अधिकृत नेत्र प्रसाद पौडेलले गैरकानूनी कार्य गरेको भन्दै कार्यपालिका सदस्यहरुले खेद प्रकट गरेका छन् ।
नगरप्रमुख तिवारी र प्रमुख प्रशासकीय अधिकृत पौडेललाई कार्यपालिका सदस्यहरुले भनेका छन्, ‘नगर कार्यपालिकाको २०७९ भाद्र १४ गते बसेको कार्यपालिकाको निर्णय बिपरित ५२ लाख ४९ हजार छ सय चौसठ्ठी रुपैया, २०७९ असोज १४ गते बसेको कार्यपालिकाको निर्णय विपरीत २० लाख ६० हजार तीन सय तेत्तिस गरि ७३ लाख ९ हजार ९ सय सन्तानब्बे रुपैयाको अनाधिकृत रुपमा निर्णय लेखी कार्यान्वयन गरेका छन् ।’
त्यसैगरी नगर कार्यपालिकाको २०७९ भदौ २५ गते बसेको कार्यपालिकाको बैठकको निर्णयमा सार्बजनिक खरिद नियमावली २०७७ आफूखुशि संशोधन गरेको, कार्यपालिकामा छलफल नै नगरी बिभिन्न बिषयगत समिति गठन गरेको आरोप लगाएका छन् ।
कार्यपालिका सदस्यहरुले भनेका छन्, ‘कार्यपालिकाका निर्णयहरु नगरपालिकाको वेबसाइटमा सार्बजनिक गरेको भन्दा बढि आफुखुशी निर्णय थप गरेको, नगरसभाको निर्णय भन्दा बाहिर गई बजेट कार्यान्वयन र योजना सम्झौता गरेका छन् ।’
फलेवास नगरपालिकाको नीति कार्यक्रम तथा बजेटको रेड बुक प्रकाशन नगरी बजेट खर्च गर्दै आएको भन्दै कार्यपालिकाका सदस्यहरु भन्छन्, ‘हामी फलेवास नगरपालिकाको बिकास, सम्बृद्वि, चाहेको छौं । बिधि–पद्दति अनुसार नगरपालिका संचालन गर्न र नगरबासीलाई गुणस्तरिय सेवा प्रदान गर्न प्रतिबद्द छौं ।’
विज्ञप्ती जारि गर्ने कार्यपालिका सदस्यहरुमा गंगानारायण श्रेष्ठ, नारायण लामिछाने, केशर पन्त, मनबहादुर कुँवर, रुद्रबहादुर पाठक, नेत्रबहादुर विक, बाुबराम सुनार, चन्द्रबहादुर नेपाली, दुर्गा कुमारी शर्मा, भगवती पौडेल, सावित्रा कुमारी शर्मा, सुनिता शर्मा र कला नेपाली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved