काठमाडौं । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडालाई एक स्थानीयले हातपात गरेका छन् । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–४ मा भोट माग्न पुगेका खतिवडा आफ्नो गाडीबाट ओर्लनसाथ अन्दाजी ५० वर्षका पुरुषोत्तम खड्काले दुई झापड हानेको स्थानीयले बताएका छन् ।
तर, गठबन्धनमा आबद्ध नेकपा माओवादी, नेपाली काँग्रेस र एककृत समाजवादी जिल्ला प्रमुखहरुले भने संयुक्त विज्ञप्ति मार्फत भनिय जसरी आक्रमण नभएकाे स्पष्ट पारेका छन्। विज्ञप्तमा भनिएकाे छ ” मादक पदार्थ सेवन गरेका ती ब्यक्ति खतिवडासँग ठाेकिनेगरि लढेकाे र तत्काल उद्धार गरि पठाईएकाे ” । उम्मेदवारमाथि हातपात भएपछि इलाका प्रहरी कार्यालय नेवारपानीले खड्कालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ ।
उम्मेदवारमाथि अभद्र व्यवहार भो भन्ने थाहा पाएपछि खड्कालाई पक्राउ गरिएको स्रोतले बतायो ।
