
१. रक्ष कुमार राईको उम्मेदवारी किन ?
भ्रष्टचार र अत्याचारीलाई उन्मुलन गर्न ।
२ रक्ष कुमार राईलाई किन भोट दिने ?
पुराना अनुहारलाई बिस्थापित गरि नयाँ अनुहारको माध्यमबाट देशको नयाँ मुहार फेर्न ।
३. उहासँग के के नयाँ योजना र एजेण्डाहरु छन् ।
युवा जोस र जाँगर सहितको समग्रह जनताको अधुँरा र अपुरा सबै समस्याको समधान गर्न सक्ने बिकल्प सहितको शिक्षा स्वास्थ्य र रोजगारमा पहल गरि तीव्र रुपमा चमत्कारिक परिवर्तन ल्याउने ।
यी नै सक्षम साहसी र देशमा युगान्तकारी परिवर्तन चाहने जोसिलो युवा रक्ष कुमार राईको जन्म भोजपुर जिल्लाको छिनामखुमा भएको हो । पूजनीय बुबा राम बहादुर राई र ममतामयी आमा चन्द्र देवी राईको कोखबाट कान्छो छोराको रुपमा २०४५ साल कार्तिक ९ गते भोजपुर जिल्लाको छिनामखु गा.बि.स. वडा नं ६ दोरसा गाउँमा भएको हो ।
हाल उनले नेपालको राजधानी काठमाण्डौंलाई नै आफ्नो मुख्य कर्म थलो बनाई अहिले काठमाण्डौं जिल्लाको गोकर्णेश्वर नगरपालिकामा बस्दै आउनु भएको छ । हुने बिरुवाको चिल्लो पात भनेझै उनी बाल्यकालमा नै निकै शाहसी, आँटिलो, जोशिलो र बिद्रोही स्वाभावका थिए ।
कुनै अप्ठ्यारा चुनौतीपूर्ण काममा उनले कहिल्यै पनि हिम्मत हार्दैनथे । शाहसी भएको कारण उनले आफू भन्दा ठूलाको कुटाई खान पनि पछि पर्दैनथे । निकै साहशी भएका उहाले ७ बर्षकै उमेरमा आफ्ना ममतामयी आमासँग पाँच हजार मिटर भन्दा अग्लो सिलिचोङको चुचुरोमा समेत आफ्नो पाईला बिसाएर नयाँ बाल कृतिमान कायम गरेका थिए । निकै चकचके र फूर्तिलो स्वाभाव भएका उनको वाल्यकालको रुची भने अलि फरक नै थिए ।
उनले बिशेष गरि माछा मार्ने , वनतरुल खन्ने, मजा तथा पुराना थाङनाको बल बनाएर खेल्ने, गुलेली चलाउने गर्दथे । एक दिन खेल्ने क्रममा घरको धुुरीमा बारुलाको गोलो देखेछ र त्यसलाई काडेरै छाड्ने निधो गरेछ । र त्यसलाई जलाउने क्रममा आफ्नै घरलाई खरानी बनाएको अझै उहाँ स्मरण गर्नुहुन्छ । उहाँ मध्यमवर्गीय परिवारमा जन्मेका हुन् । उमेर बढ्दै र बुझदै गएपछि भने उहाले लाहुरे बन्ने रुची राखेका थिए । तर देशमा पैदा भएको अशान्ति र माओबादी जनयुद्धको कारण आखिर त्यो सपना अधुँरै रहयो ।
सेन्ट अफ परिक्षाको तयारी गर्दै गर्दा आफ्नो बिद्यार्थी जीवनकालमा नै अन्तत २०५९ सालमा माओबादीले सुरु गरेको जनयुद्धमा होमिए । युद्धमा होमिएको केही समयमा नै सिराहाको बन्दीपूर आक्रमणमा हतियार चलाउन बाध्य भए । त्यो उहाको पहिलो आक्रमण थियो । उहाले सफलतापूर्वक साहस र बहादुीका साथ हतियार चलाएर दुष्मनलाई पराष्ट गर्न सफल भए । त्यसपछि फेरि लगतै भोजपूर जिल्लाको पाँचधारे भन्ने ठाँउमा दोस्रो आक्रमण भयो ।
जुन ठाउँलाई अहिले दश ताराको नामले चिनिन्छि । फेरि लगातार तेस्रो आक्रमण भोजपुर जिल्लाकै गोरेटारमा भयो । त्यस क्रममा उहाँका सहयोद्धा कमरेड जमिन आफ्नै आँखको अगाडी ढलेर सहिद भएको देख्नु पर्यो । त्यस क्रममा दुष्मनले हानेको बमको छेर्का र गोली देब्रे घुडामा लागेर आफू पनि ढलेको थियो । उनका साहयोद्धाहरुले मरे भनेर खाडल खनी पुर्न खोजेको उहाँ अझै स्मरण गर्नुहुन्छ । केही समयको उपचार पछि फेरि जनयुद्धकै अन्तिम मोर्चाबन्धी युद्ध सुरु भयो ।
त्यस क्रममा सर्लाहीको मोलुङवा आक्रमण भयो । यस युद्धको आक्रमणमा फायर खुलेको पाँच मिनेट पछि उहाले नेपाली सेना र पुलिसको हतियार धमाधम खोस्न सुरु गरे । लगातार तप पोष्ट सम्म पुग्दा शाहसी बहादुरी देखाउदै उहाँले सबै भन्दा धेरै १५ वटा हतियार खोसाएर सफलता देखाए । यो अन्तिम युद्धसँगै बिद्रोही माओबादी शान्ति सम्भmौतामा आएपछि पूर्णरुपमा युद्धबिराम भयो ।
युद्धविराम पछि सेना समायोजन हुने क्रममा केही असन्तुस्ति जनाउदै रक्ष कुमार राईले बिद्रोह गरी पूर्ण रुपमा नेकपा माओबादी परित्याक गरि आफ्नो नयाँ अभियानको गन्तब्यमा लाग्न सुरु गरे । जनयुद्धमा जानुभन्दा अगाडी उहाँले श्री सापटेन प्रा. वि.बाट आफ्नो शैक्षिक यात्रा सुरु गरेका हुन् । त्यस बिद्यालयमा कक्षा पाँच सम्मको अध्ययन पुरा गरि उनी फेरि श्री त्रिभुवन धर्मदय माध्यमिक बिद्यालय छिनामखुमा भर्ना भए । त्यस विद्यालयमा तत्कालिन एस एल सी को तयारी गर्दै गर्दा उहाँ जनयुद्धमा होमिएका हुन् । जनयुद्धको बिश्र्राम पछि फेरि ज्ञानोदय माध्यामिक बिद्यालय धरान सुनसरीमा कक्षा १० मा भर्ना गरि आफ्ना अधँुरा सपनालाई पुरा गरि एस एल सी उत्तिर्ण गर्न सफल भए । त्यो बेलादेखि उनी निरन्तरुपमा आफ्नो शैक्षिक यात्रामा मुठी कसेर लागी परे ।
जसको परिणाम स्वरुप श्री निकेटन उच्च मा. बि बाट कक्षा १२ पनि उर्तीण गर्न सफल भए । धरानको शिक्षा निकेतन कलेजमा म्यानेजमेन अध्ययन गर्दा सेक्सन टप्पर भएर स्कलर शिपमा पढ्ने मौका समेत उहाले हाशिल गरेका छन् । धरानमा १२ कक्षा पढ्दादेखि नै उहाले अँग्रजी भाषा र कराँतेलाई पनि भर्ना गरि सँसगै अगाडी बढाउदै लगेका थिए । कक्षा १२ उर्तीण गरे लगतै उहाँमा शिक्षाको मोह बढ्दै गयो र उच्च शिक्षा हाशिल गर्नका निम्ति राजधानी काठमाण्डौं होमिए । त्यस क्रममा उहाँले काठमाण्डौं सिफलको ब्रिलियन्ट मल्टिपल बहुमुखी क्याम्पसमा बिबिएस भर्ना गरि अध्ययन गर्न थाले ।
अध्यनको क्रममा आर्थिक अभावका कारण तरकारी पसल सम्म पनि गर्नु परेकोे थियो । कालिमाटिबाट साइलकलमा तरकारी बोकेर ल्यउदा आफू चढेको पुरानो साइकलकोे अगाडिको चक्का निस्किएर कारमा ठोकिएपछि तरकारी बेच्न छाडेको उहाको भनाई छ । जसोतसो मिहनत र आँट साहश लिएर त्यही क्याम्पसबाट उहा आफ्नो दिप्लोमा तह सम्मको उच्च शिक्षा हाशिल गर्न सफल भए । त्यही अध्यनकै क्रममा उनी आकस्मिक चर्को बिरामी समेत भएका थिए । के एम सी हस्पिटलको आकस्मिक कक्षमा भर्ना भएका उहालाई मर्यो भनेर आफन्तलाई समेत अस्पतालले खबर गरेको थियो । तर सौभाग्यले उहाँ जीवित भए पछि अस्पताल प्रशासन नै चकित भए ।
धरानबाट आफ्नो उच्च शिक्षाको खोजीमा काठमाण्डौं आउने बेलादेखि नै उहाँ राजनीतिमा भने आबद्ध रहेका थिए । बिद्यार्थी जीवनकालदेखि नै केही राजनीतिक छाप बोकेका कारण स्नातक तहको तेस्रो परिक्षा सकिए लगतै आफ्नो गाउँमा केही गरेर देखाउछु भन्ने उद्देश्य जागेर फेरि गाउँ फर्किए । त्यस क्रममा कराँते र अंग्रेजी भाषा विभिन्न बिद्यालयहरुमा सिकाउन थाले । लगभग प्रशिक्षण गरेको एक बर्षपछि अब गाँउमा मात्रै गरेर केही हुँदैन रहेछ भन्ने लाग्यो र फेरि आफ्नै भोजपुर जिल्लाको सदरमुकाम सम्मको यात्रा तयार गरे ।
जहाँ जेभिएर वल्ड एजुकेशनल कन्सल्टेन्सी काठमाण्डौं बागबजारको शाखा कार्यलय खोलेर अग्रेजी भाषामा फेरि पढाउने काम सुरु गरे । त्यो सँगै अध्ययनका लागि बिदेश जाने अवसर पनि पाए । त्यस पछि भोजपुर जिल्लाको कराँते दोजो आफ्नो नाममा दर्ता गरि चेलाहरुलाई खेलाडी बनाइ क्षेत्रीय र राष्ट्रिय स्तरको प्रतिस्प्रधामा सहभागीता जनाउन लगाए । त्यससँगै फेरि पुस्तक लेखन कार्यमा लागे । नजान्ने बिद्यार्थीहरुलाई पढाउदापढाउदै नोट लेखनको कार्यले पुस्तक लेखक बनाए ।
अन्त त द न्यू एलिन ब्रिटिस इंलिज ल्याङग्यूईज नामक पहिलो पुस्तक लेख्न सफल भए । पुस्तक लेखनसँगै तत्कालै प्रकाशन गर्ने निर्णयमा पुगे । तर पुस्तक प्रकाशनको क्रममा खर्च अपुग भएपछि नेपालको विभिन्न हस्पिटलदेखि भारतको पत्ना स्थित गान्धि अस्पताल सम्म आफ्नो किड्की बेच्न पुगे । आफ्नो किड्नी बेच्न अनुरोध गर्ने क्रममा डाक्टरले असल सुझाब र परामर्श दिएपछि फेरि केही गर्ने नयाँ आँट र साहश लिएर नेपाल फर्किए । त्यसपछि आफन्त र साथीभाईहरुको सहयोगमा आर्थिक संकलन गरेर आफ्नो पहिलो पुस्तक प्रकाशन पनि गरेर नै छाडे ।
अनेक चुनौती र समस्यालाई पनि पन्छाउदै त्यस बेलादेखिको निरन्तर अथक प्रयासले हाल सम्म आईपुग्दा तीन वटा पुस्तकहरु प्रकाशनमा ल्याउन सफल भए । प्रकाशन भएका उहाँका कृतिहरुमा न्यू एलियन ब्रिटिस ईङ्लीज ल्याङगुइज, एलियन एड्भान्स ईङ्लीज ग्राम्मर, एलियन ईङ्लीज ग्राम्मर आदी हुन् । प्रकाशन पछि आफ्नै पुस्तकको माध्यमबाट आँग्रेजी भाषा आफ्नै जिल्लामा रहेको पहिलेको कार्यलयमा सिकाउन थाले । शहरदेखि गाँउ, गाउँदेखि जिल्ला सम्मको यात्रा गर्दा पनि अझै आफ्नो सपना पुरा भएको उहाँमा महसुश भएन । जिल्लाको लागी मात्र गर्दा र सोच्दा केही पनि हुँदैन रहेछ भन्ने लागेर पृथक सोचका साथ सिंगो देशको लागी नै केही गर्ने फेरि सुन्दर सपना बुन्न थाले । त्यही सपना बोकेर नयाँ जोस जागँर सहित जिल्लाबाट फेरि राजधानी काठमाण्डौं होमिए ।
काठमाण्डौं आई सकेपछि आफ्नो सपनालाई साकार पार्न बिश्व किर्तिमान नयाँ यात्रा तयार गर्न थाले । त्यस क्रममा पहिलो बिश्व रेकर्ड संसारकै सबै भन्दा लामो दुरी निरन्तर खाली पेटमा स्कुटर कुदाएर राख्छु भन्ने नयाँ योजना बनाउन थाले । यो अभियानलाई सफल बनाउनका लागी देश बिदेशमा रहेका सम्पूर्ण नेपालीहरुसँग सहयोग समेत अपिल गर्नु थाले । उहाँको अभियानलाई धेरैले मन पराएर सहयोग गर्दै जादा कोही कसैले भने मुर्ख, पागलको संज्ञा समेत दिन भ्याए । तर बिहानीले दिनको संकेत गर्छ भनेझै एक दिन मेहिनतले अवश्य सफलता ढिलाउछ भन्ने सपना देखेका उहाँलाई कसैको नकरात्मक कुराले कुनै प्रभाव पारेन ।
जो मुर्ख, शाहसी पालग र विद्धान छ, उसैले विश्व कृतिमान कायम गर्न सक्छ भन्ने विश्वास उहाँमा जाग्न थाल्यो । कसैको कुराको प्रवाह नै नगरी पागल मुर्ख बनेर निरन्तर आफ्नो लक्ष्य प्राप्तिको लागि डटेर लागिरहे । अन्तः त ‘द’ग लङगेष्ट जर्नी अफ स्कुटर राईडरको पहिलो उपाधी हाशिल गर्न सफल भए । काठमाण्डौंबाट सुरु गरेर सोलुखुम्बु देखि पूर्व–मेचीदेखि पश्चिम महाकाली हुँदै पून काठमाण्डौ सम्म आईपुग्दा उहाँले २७४३.७ कि.मी. दुरी ३ तीन दिन ३ रात ७२ घण्टामा खाली पेटमा पार गरेर पहिलो बिश्व कृतिमान कायम गर्न सफल भएका थिए । बिश्व कृतिमान कायम गर्दै पहिलो रेकर्ड राख्न सफल भएसँगै फेरि दोस्रो रेकर्डको तयारीमा लागे ।
स्पेनी नगरिक कृष्टीनो रोवर्डको रेकर्ड ‘द’ग मस्ट हिटस् अफ टेनिस बल विथ टेनिस रयाकेट ह्याण्डल इन वान मिनट १९८ स्क्रोरलाई ब्रेक गरि २१८ स्क्रोर कायम गरि दोस्रो गिनिज बुक अफ वल्ड रेकर्ड पनि फेरि कायम गर्न सफल भए । यसरी एक सफलताबाट अर्को सफलता मिल्दै हाल सम्म आई पुग्दा दुई बिधामा ४ बिश्व किर्तिमानहरु कायम गरी सकेका छन् । उहाँले कायम गरेका ती चार वटा वल्ड रेकर्डहरु गिनिज वल्ड रेकर्ड, च्याम्पियन्स बुक अफ वल्ड रेकर्ड, ओ एम जी बुक अफ वल्ड रेकर्ड र किङस् बुक अफ वल्ड रेकर्ड, आदी हुन् । यसका साथै अरु थुप्रै विभिन्न अन्तराष्ट्रिय अवार्डहरुबाट पनि उहाँ सम्मानित भएका छन् ।
बहुमुखी प्रतिभाको धनी रक्ष कुमार राईले खेलकुद क्षेत्रमा पनि राम्रो सफलता हात पारेका छन् । उहाले सिटोरियो कराँतेमा बल्याक बेल्ट चौथो दान हाशिल गरी सकेका छन् । यसका साथै निरन्तर प्रयास पछि फेरि अन्तराष्ट्रिय एसियन च्याम्पेनसीप इन्डोनेशियाको जकटामा भएको खेलमा पनि रेफ्रि र प्रशिक्षकको महत्वपूर्ण भूमिका सफलता पूर्वक निर्वाह गरि सकेका छन् । यसरी आफूले देखेका अनेक सपनाहरु पुरा गर्दै गएपछि समाजसेवासँगै फेरि उहाँ राजनीतिमा समेत होमिए । राजनीतिक जीवनको क्रममा अनेक जेलजीवन समेत झेल्नु परेको थियो । जेल जीवनबाट मुक्त भएपछि जनमुक्ति सेना पार्टी नेपालको कन्द्रीय महासचिव सम्हालेका थिए ।
यस क्रममा जन्मुक्ति सेनाको नेतृत्व गर्दै काठमाडौं लगाएयतका बिभिन्न जिल्लाहरुमा आन्दोलन समेत गरेका थिए । यही समयमा युवाहरुले गरेको ऐतिहासिक गोबर आन्दोलनको नेतृत्व पनि उहाले नै सम्हालेका थिए । जुन आन्दोलनको प्रभावले सरकारको नेतृत्व गरि रहेका प्रचण्ड, केपि ओली लगायत शेर बहादुर देउवा समेत जस्किएका थिए । उनीहरुले सार्वजनिक रुपमा नै युवाहरुले देश कब्जा गर्न लागेको भन्दै आफूहरु तत्काल सच्चिनु पर्ने तर्क समेत राखेका थिए । भारतीय सरकारले सीमा मिचेको बिषयमा (लिम्पियाधुरा,कालापानी सुष्टि र लिपुलेक हाम्रो हो भनि चर्को आवाज उठाउने पनि उहाँ नै हुन् ।
यी नै शाहसी रक्ष कुमार राईले अब युवाले देश बनाउनु पर्छ भनेर फेरि अहिले राष्ट्र निर्माणको सपना बोकेका छन । विश्वव्यापी कोरोना माहामारीको समयमा देशका बिभिन्न जिल्लामा गएर राहत बितरण गरी जनताको बिश्वास जितिसकेका छन् । उनले अहिले काठमाण्डौं निर्वाचन क्षेत्र नं ३ बाट तिन ढुंङ्गे अगेना (तीन चुला) चुनाव चिन्ह लिएर प्रतिनिधिसभाको उम्मेदवारको रुपमा उम्मेदवारी दिएका छन् ।
नोटले भोट किन्नेहरुको चर्को बिरोध गर्ने रक्ष कुमार राईले शिक्षा नीतिबाट देश परिवर्तन गर्न सकिन्छ भन्ने हेतुले समृद्ध राष्ट्रको चमत्कारिक सिद्धान्त आफैले प्रतिपादन गरी देशलाई बनाउन सकिन्छ भन्ने मूल एजेण्डा बनाई काठमाण्डौं निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिनुभएको हो । धेरै बोलेर झुटो आश्वासन देखाउनु भन्दा पनि थोरै बोलेर काम गरेर देखाउने रक्ष कुमार राईले आफ्नो मूल एजेण्डाको नारा बनाएका छन् ।
यो एजेण्डा मंसिर ४ गते सम्मको सीमित नारा मात्र नभएर निर्वाचन पछि पनि पूर्ण रुपमा आफ्नो प्रतिबद्धता र जिम्मेवारीलाई बहन गर्दै जनताको सेवामा आफ्नो सिंगो जीवन सर्मपीत गर्ने बाचा समेत उहाँले गर्नु भएको छ । चुनाव सकिने बित्तिकै एकै दिन फेरि नयाँ थप दुई विश्व कर्तिमान कायम गर्ने तयारी गरि सकेका छन् । यस बिषयमा गिनिज बुक्स वल्ड रेकर्डसको सम्बन्धित विभागबाट परामर्श गाइडलाइन समेत लिइसकेका छन् ।
यो दुईवटा बिश्व किर्तिमान पनि कायम गर्न सफल भएको खण्डमा ६ वटा रेकर्डस कायम गरेर बिश्वमा सबैभन्दा धेरै नाम कमाउने किर्तिमानी पनि उहाँ नै हुनेछन् । हामी आशा गरौं सारा बिश्वलाई नै नेपालीहरुको शान र मान ईतिहासको सुन्दर पानामा उहाले लेख्न सकुन् । उहाँको सफल प्रयासले कमाएको हरेक अमर किर्तिमानलाई स्वर्ण अक्षरले लेखिने कुरामा हामी सधै गौरब गर्दछौं । जय देश ! जय राष्ट !! जय नेपाल !!!

