Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ख्रीष्टियन महासंघ नेपाल प्रतिको अन्याेलता : गहतराजद्धारा प्रमाण सार्वजनिक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 6, 2022
[webverse_shares]

काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालप्रति आम जनमानसमा फैलाउन खोजिएको भ्रम हटेको छ । एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै महासंघले सामाजिक सञ्जालमा देखिएको सबै अन्यौल र भ्रमहरुको बारे सत्य तथ्य प्रमाण सहित आफ्नो आधिकारीक धारणा राखेको हो ।

आज सार्वजनिक गरिएको प्रेस विज्ञप्ती प्रमाणहरु सहित मुख्यगरी अध्यक्ष गहतराजको राजिनामा सम्बन्धमा महासंघले आफ्नो स्पष्ट प्रमाण पेस गरेको छ । विज्ञप्तीका अनुसार “राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको १४ औँ चितवन राष्ट्रिय भेलाले गरेको निर्णय अनुसार अध्यक्ष सी.बी. गहतराज महासंघको दर्शन पुरा गर्न राजनीतिक यात्रा तय गर्नुपर्ने भएकोले आपसी समझदारीमा राजीनामा दिनुभएको र मिति २०७९ जेठ १५ गते तत्कालिन कार्यवाहक अध्यक्ष फिलेमोन खड्का क्षेत्रीको अध्यक्षतामा विषयमा बसेको विशेष केन्द्रीय समितिको बैठकको निर्णय अनुसार महासंघको अर्काे राष्ट्रिय भेला नभए सम्मका लागि सबै अख्तियारी अध्यक्ष सी.बी. गहतराजलाई नै दिने गरी उहाँको राजीनामा फिर्ता गर्ने सर्बसम्मतले निर्णय गरिएको थियो । जस अनुसार विधान संवत सी.बी. गहतराज नै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको अध्यक्ष रहेको प्रस्ट छ ।” विज्ञप्तीमा लेखिएको छ ।
                                                                               

 त्यस्तै, तत्कालिन कार्यवाहक अध्यक्ष फिलेमोन खड्का क्षेत्रीका विषयमा पनि विज्ञप्तीमा यस्तो लेखिएको छ “यसबिच रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले गैरजिम्मेवारी पुर्वक महासंघको विधान र निर्णय विपरित कार्य गर्नुभएकोले उहालाई दिइएको कार्यवाहक अध्यक्षको जिम्मेवारी फिर्ता लिई सम्पुर्ण कार्यकारी भुमिका निर्वाह गर्नेगरी महासंघको विधानको धारा २३, उपधारा (ख) को १ बमोजिम सहअध्यक्ष डोमा राई ज्यूलाई मिति २०७९ असोज २९ गते कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको जानकारी गराउँदछौँ ।”

भारतको दिल्लीमा हालै सम्पन्न पास्टर तथा अगुवा भेलामा स्वयम् रेभ डा. फिलेमोन खड्का क्षेत्रीले अध्यक्षता गरेकाे र  महासंघको आधिकारीकता नभएको कार्यक्रममा महासंघको विषय प्रवेश गराई विधान र निर्णय विपरित कार्य गरेकोले तत्कालीन कार्यवाहक अध्यक्ष फिलेमोन खड्का क्षेत्रीलाई दिईएको जिम्मेवारी फिर्ता लिईएको हो । साथै क्षेत्रिलाई यी सबै विषयको १५ दिने स्पष्ट धारणा मागिएको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यसैसँगै, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको आउदो राष्ट्रिय अधिवेशन नभएसम्मका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी सहअध्यक्ष डोमा राईलाई दिइएको विज्ञप्तीमा उल्लेख गरिएको छ । पछिल्लो समय महासंघको गरिमालाई खलबलाउने गरी सामाजिक सञ्जालमा अनेकौ टिका टिप्पणी हुँदै आएको बेला अध्यक्ष गहतराजले सबै प्रमाण सहित प्रस्तुत भई भ्रमको पछि नलाग्न आग्रह गरेका छन्  ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved