उमेश भुजेल- जेठ १६, खोटाङ ।
खोटाङमा ढुङ्गाले किच्दा एक महिलाको मृत्यु भएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेकी ६६ वर्षिय जानुका पौडेलको ढुंगाले किच्दा मृत्यु भएको हो ।
खानेपानी लिन भनेर आईतबार विहान ६ः१५ वजे गएकी पौड्याल अवेरसम्म घर नफर्कदा गाउँलेहरुले खोजी गर्दा मृत्तअवस्थामा फेला पारेको वडा अध्यक्ष किशोरकुमार बस्नेतले जानकारी दिए ।
मृत्तअवस्थामा भेटिएकी महिलालाई माथिबाट खसेको पहिरोको ढुंगाले लागेर एक पटीको पाटो नभएकाले ढुंगाले लागेको वडा सदस्य शेषकुमार पौड्यलले बताए । घटनास्थलमा लास सगै पानीको गाग्रो पनि भएको बताइएको छ ।
