Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बेलबारी नगरद्वारा गठित प्रज्ञा-प्रतिष्ठानकाे शुभकामना कार्यक्रम

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 22, 2022
42 shares

बेलबारी । बेलबारी नगरपालिकाद्वारा गठन गरिएको बेलबारी प्रज्ञा–प्रतिष्ठानले तिहार, नेपाल सम्वत, छठपर्व र उँधौलीको अवसरमा आज शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

प्रज्ञा–प्रतिष्ठानको स्थापना र गठन पछि कार्यकालको शुभारम्भसँगै पहिलो सार्वजनिक कार्यक्रमका रूपमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । साहित्य र कला,संस्कृति को प्रचुर संम्भावना बोकेको बेलबारीमा विभिन्न ४० भन्दा बढी जातजातिको संस्कृति हरु झल्कने महत्वपुर्ण पक्ष रहेको कुरा कार्यक्रम मा आमन्त्रित अतिथि वक्ताहरुले मन्तब्यको क्रममा बोल्दै यी जाताजातीहरुको पहिचान र संस्कृति को उत्खनन गर्न अब बेलबारी प्रज्ञा प्रतिष्ठानले महत्वपूर्ण भुमिका खेल्ने छ भन्दै शुभकामनाहरु ब्याक्त गरेका थिए।                                                                                                                                                          सयभन्दा बढी स्रष्टा तथा कलाकारहरूको उपस्थितिमा आयोजित कार्यक्रममा प्रतिष्ठानको गठन एवम् चाडपर्व विशेष शुभकामना मन्तब्य राख्ने वक्ताहरुले प्रतिष्ठानले नगरभित्रका सबै भाषा, साहित्य, कला, सङ्गीत तथा नाट्य विधाको विकास गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले बेलबारीका भाषा, साहित्य, कला, सङ्गीत तथा नाट्य क्षेत्रलाई अझै अध्ययन–अनुसन्धान गरी उत्खनन् गर्दै संरक्षण र विकास गर्नुपर्ने महसुस गरेर प्रज्ञा प्रतिष्ठान गठन गरेको बताए । कार्यक्रममा गजलकार जेबी थुलुङले गजल वाचन गरेका थिए । यस्तै विवेश मोते, लक्ष्मी पौडेल तथा मौसम नेपालीले गीत गाएर मनोरञ्न दिलाएका थिए ।

प्रज्ञा समितिका अध्यक्ष रेखा सुवेदीले अध्यक्षता, सचिव कुलप्रसाद बरालले सञ्चालन, उपाध्यक्ष मनकुमार गुरुङले स्वागत मन्तव्य तथा उपाध्यक्ष अजितकुमार धिमालले धन्यवाद ज्ञापन गरेका थिए । उक्त कार्यक्रममा प्रज्ञा समितिका पदाधिकारी तथा सदस्यहरूको परिचयसमेत गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved