Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सुन्दरबजारका स्थानीयलाई मन्त्री चौधरीले भने –कामको निगरानी गर्नुस्

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 20, 2022
145Shares

सुन्दरबजार लमजुङ । सहरी विकास मन्त्री मेटमणि चौधरीले काम समयमा हुन्छ वा हुदैन भन्ने कुराको निगरानी गर्न स्थानीय जनतालाई आग्रह गरेका छन् ।
सत्रसय–दुराडाँडा–अर्चल्यानी सडक स्तरोन्नती कार्यक्रमको शिलान्यास पछि आयोजित सभामा बोल्दै मन्त्री चौधरीले भने, ‘झलनाथ खनाल प्रधानमन्त्री हुँदा प्रादेशीक सडकका रुपमा विकास गरिएको यो सडक आज हाम्रो काँधमा आएको छ । हामीले यो सडकलाई थप स्तरीय बनाउने छौँ । कालोपत्रे गर्ने छौँ । यो सडक निर्माण सम्पन्न भएपछि यहाँका जनतालाई ठुलो राहत हुनेछ । काम समयमा हुन्छ कि हुदैन भनेर निगरानी गर्नुस् ।’

हिजो एउटा परिस्थिति थियो । मैले बाटो ल्याएँ । मैले विकास गरेँ भन्ने स्थिति थियो । तर अहिले समय बदलिएको छ भन्दै मन्त्री चौधरीले थपे, ‘हिजो झगडा गर्ने संस्कार थियो । अब मिलेर विकास गर्ने समय आएको छ । अब तपाईंहरुले विकास सरकारले गर्याे भन्नुपर्छ । नेपाल सरकारले सहरी मन्त्रालयले कामको सुरुवात गर्छ । सहजीकरण नगरपालिकाले गर्छ । सम्बन्धित वडाले गर्छ । काम समयमा भएको छ कि छैन यो कुरा तपाईंहरुले हेर्ने हो । हाम्रो गाउँ आफै बनाउने हो । आफ्नो ठाउँ आफै बनाउने हो ।’

सहरी मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहले सडक विकासका लागि नियमित बजेटको व्यवस्था गरिने प्रतिवद्धता जनाए । त्यसैगरि सहरी विभागका उपमहानिर्देशक नारायण भण्डारीले सडक विस्तार सँगै जनताको आय आर्जन बढ्ने धारणा राखे ।
संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीका आयोजना प्रमुख सुरोज पौडेलले सडकको विकासले माछापुच्छे«, अन्नपूर्ण, मनास्लु जस्ता थुप्रै हिम श्रृंखला हेर्ने पर्यटकको आइरो लाग्ने बताए । त्यसका साथै उनले ग्रामिण भेगमा होम स्टे देखि लिएर आर्थिक तथा सामाजिक रुपान्तरण हुने धारणा राखे ।

कार्यक्रममा सुन्दर नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला, उपमेयर भवानी केसी, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबाबु अधिकारी लगायतले मन्तव्य राखेका थिए । ५१ करोड ९५ लाख ९३ हजार ९९ लागत अनुमान गरिएको उक्त सडकको कुल लम्बाई १५.०२ कि. मि. हुने छ भने सडकको चौडाइ ७.० मि (डे«न बाहेक) र कालोपत्रेको चौडाई ५.५ हुने जनाइएको छ ।
त्यसैगरि सहरी मन्त्री चौधरीले तनहुँको व्यास न.पा. मानुङ्गमा निर्मित पर्यटकीय मार्गको उद्घाटन समेत गरेका छन् । उक्त सडकको कुल लागत ७ करोड ३ लाख १३ हजार ३८९ रहेको छ भने सडकको लम्बाई ४.६ कि. मी. रहेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved