सुर्खेत। लेकवेशी नगरपालिका ६ का समाजसेवि महेन्द्र नेपाली सुर्खेत जिल्ला क्षेत्र नम्मर १ ( ख ) बाट प्रदेश सभा सदस्यका लागि उमेदवारि दिने भएका छन्।
लामाे समय देखि विभिन्न राजनितिक दलहरुमा रहेर समाज सेवा गर्दै आएका नेपाली अन्तत आगामि मंसिर ४ मा हुने संघ र प्रदेशकाे निर्वाचनका लागि स्वतन्त्र उमेदवारि दिने निर्णयमा पुगेका हुन्।
बर्षाै देखि हरेक पार्टिमा युबाहरुलाई स्थान नदिएकै कारण देसमा परिवर्तन आउन नसकेकाे र परिवर्तनका लागि युवा शक्तिहरुनै अग्रपंतिमा आउनु पर्ने आवस्यक्तालाई नियाल्दै उमेदवारि दिने भएका हुन्।
राजनितिमा नै आधा उमेर ब्यतित गरेका दर्जनाैँ युवाहरुले आगामि मंसिर ४ मा हुने निर्वाचनका लागि स्वतन्त्र उमेदवारि दिँदै गर्दा पार्टि र तिनका नेता भन्दा देस र जनतालाई सेवा दिन पार्टिनै सर्वपरि नरहने भन्ने निस्कर्षमा पुगेका नेपालीले अन्य स्वतन्त्र उमेदवारि दर्ता गरिसकेका र उमेदवारि दर्ताकाे तयारिमा रहेका युवाहरुलाई हातमा हात मिलाएर याे देस हाँक्न युवाहरु अग्रपंतिमा आउन समेत आग्रह गरेका छन्।
