काठमाडौ । पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएकी छन् । अस्ट्रेलियाबाट फर्केदेखि नै अस्वस्थ भएकी उनको स्वास्थ्यमा सुधार नभएपछि बुधबार साझ अस्पताल भर्ना भएकी हुन् ।
पूर्वयुवराज्ञी हिमानी शाह ललितपुरको मेडिसिटीमा भर्ना भएको जनाइएको छ । उनमा घाँटीको समस्याका साथै उच्च ज्वरो रहेको बताइएको छ । उनी अस्पतालको ईएनटी डिपार्टमेन्टमा उपचाररत रहेकी छिन् ।
