खाेटाङ। दस स्थानिय तह रहेकाे खाेटाङकाे दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका १५ ले वडा साखाकाे रुपमा महिनाकाे पहिलाे आइतबार र हप्ताकाे एकदिन माला बासिहरुलाई सहजताकाे लागि पुरानाे १ नम्मर वडा माला बाट सेवा सुरु गरेकाे छ।
वडा अध्यक्षले गत बैशाख ३० मा सम्पन्न स्थानियतह निर्वाचनकै बेला मतदाता माझ गरेकाे कबुल बमाेजिम मालामा स्वास्थ्य र वडाकाे प्रसासनिक साख सञ्चालनमा ल्याएकाे हाे। विजयखर्क वडा कार्यालयको भवन र स्वास्थ्य चौकी बसेरीमा पर्दछ। तर, मालाका स्थानीयलाई दुबै सेवा लिन पुग्नलाई तीन घण्टा लाग्ने गरेको छ। सोही कुरालाई मध्यनजर गर्दै मालाको पन्चकन्या मा वि खाली रहेको भवनदेखि बुधबारबाट दुबै सेवा सुरु गरिएको हो, दुबै सेवाको वडाध्यक्ष राम बहादुर कटुवालले उद्घाटन गरेका छन्।
मालाबाट वडाको काम प्रत्येक महिनाको १ गते र महिनाभरीको सोमबार/सोमबार गरिनेछ। यस्तै, स्वास्थ्य चौकीको सेवा प्रत्येक महिनाको ६, १०, १३, १५, २३ गते गरिने तालिका बनाईएको वडा अध्यक्ष राम बहादुर कट्वालले बताए। भने ,सामाजिक सुरक्षा भत्ताकाे लागि बैंक सम्म पुग्न नसक्ने सेवा ग्राहिका लागि उनले इच्छाएकाे ब्यक्ति मार्फत लिईरहेका छन् , केहि सेवा ग्राहिलाई त वडाबाट कर्मचारी खटाएरै दिइँदै आयकाे थियाे, अब भने प्रशासनिक साथै स्वास्थ्य सम्वन्धि सेवा लिन २ घण्टा समय बर्बात गर्न नपर्ने बताउँछन् , वडा अध्यक्ष राम बहादुर कट्वाल।
