काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य लाभको कामना गरेका छन् । हिजाे साँझ प्रधानमन्त्री देउवाले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका नेता गिरिलाई अस्पताल बेडमै भेटेर स्वास्थ्य लाभको कामना गरेको हुन् । यसैगरी , काँग्रसका विभिन्न नेता तथा गिरिका सुभचिन्तकहरुले उहाँकाे स्वास्थ्यलाभकाे कामना गरेका छन्। हिजै दिउँसाे काँग्रेस युवा नेता गगन थापा समेत गिरिलाई भेट्न अस्पताल पुगेका थिए।
प्रतिनिधिसभा सदस्य गिरि विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिना पहिले नेपाल आएका थिए । नेपाल आउनासाथ निमोनिया देखिएकाले नेपाल मेडिसिटी अस्पतालमा यही साउन ९ गते भर्ना भई उनको उपचार भइरहेको छ । अस्पतालका डा: पङ्कजकाे नेतृत्वमा रहेको चिकित्सकको समूहले गिरिलाई आइसियुमा राखेर उपचार गरिरहेको छ । चिकित्सक एवं परिवारका अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको जनाइएको छ ।
