Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

महिनाैँ फाेहाेर नउठ्दा बिर्तामाेडमा दुर्गन्ध

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 13, 2022
3 shares

झापा । विर्तामोड नगरपालिकाले एक महिनादेखि फोहरमैला उठाउन नसक्दा सार्वजनिकस्थल दुर्गन्धित हुन थालेको छ । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडको मुक्तिचोक, विर्ताबजार, कृषिथोक, चारपाने, बुट्टाबारी, गरामनीलगायत सहरी तथा आसपासका बजारमा फोहोरको डङ्गुर थुप्रिएको छ । सार्वजनिक स्थलमा हिँड्डुल गर्दा सर्वसाधारणले नाक थुन्नुपर्ने अवस्था सिर्जना भएको छ ।

फोहोर विसर्जन गर्न डम्पिङ साइटको व्यवस्था गर्न नसक्दा नगरको फोहरमैला उठाउन नसकिएको नगरपालिकाले जनाएको छ । फोहरमैला जताततै थुप्रिएर नगरमा दुर्गन्ध र सङ्क्रामक रोग फैलिने सम्भावना बढेको भन्दै उपभोक्ता जागरण अभियान झापाले नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

‘एक महिनादेखि नगरपालिकाले सहरबाट फोहर उठाएको छैन’, नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको उपभोक्ता जागरण अभियान झापाका सचिव विशाल थापाले भने, ‘अति भएपछि हामीले नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई भेटेरै अविलम्ब फोहरमैला उठाउने व्यवस्था मिलाउन माग गरेका हौँ ।’

नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले फोहरमैला व्यवस्थापनका लागि सञ्चालन गरिएका डम्पिङ साइटमा स्थानीयवासीको अवरोध जारी रहेकाले फोहर उठाउन नसकिएको बताए । कुहिने र नकुहिने गरी दैनिक छ ट्रयाक्टर फोहर बिर्तामोडको बजार, सडक र भित्री गल्लीमा जम्मा हुने गरेको उपप्रमुख सङ्ग्रौलाको भनाइ छ ।

उनले एक महिनामा फोहर व्यवस्थापनका लागि चारवटा स्थान तयार गरिएयता पनि नागरिक अवरोधकै कारण फोहोर विसर्जन गर्न नसकिएको बताए । उनले फोहरमैला विसर्जनलाई विर्तामोड नगरपालिका–७ र ८, कनकाई नगरपालिका–१ र बाह्रदशी गाउँपालिका–७ का बासिन्दाको निजी जमिन लिजमा लिएर फोहोर मैला विसर्जन गर्ने तयारी गरेको जानकारी दिए । तर ती सबै स्थानमा स्थानीयले अवरोध पुर्याएका छन् ।

फोहोर मैला व्यवस्थापनको कार्य विर्तामोड नगरपालिका एक्लैले गर्न नसक्ने अवस्था आइसकेको छ । विगत पाँच वर्षभरि फोहरमैला विसर्जनका लागि स्थायी प्रकृतिको डम्पिङ साइट सञ्चालनमा स्थानीयले अवरोध पुर्याएपछि बाध्य भएर नगरका तत्कालीन प्रमुख ध्रुवकुमार शिवाकोटीले आफ्नै जग्गामा खाल्डो खनेर फोहोर परेको थियो ।

नगरकी प्रमुख पवित्रा महतराले छिमेकी पालिका मेचीनगर, अर्जुनधारा, बाह्रदशी र कनकाईसँग मिलेर साझा डम्पिङ साइट खोज्न आवश्यक रहेको बताए । उनले फोहरमैला व्यवस्थापनका लागि छिमेकी पालिकाका जनताले पनि साथ दिनुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved