Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सत्ता गठबन्धनमा अट्न नसकेकाे बाबुराम

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 7, 2022
21 shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट अलग भएर नेपाल समाजवादी पार्टी नेपाल गठन गरेका डा. बाबुराम भट्टराई सत्ता गठबन्धनमा सहभागी हुन असफल भएका छन् । यद्यपि उनले गठबन्धनको प्रयासलाई भने छाडेका छैनन् ।

जारी नेपाल समाजवादी पार्टी नेपालको बैठकमा समेत उनले अगामी चुनावका लागि चुनावी गठबन्धनका लागि काँग्रेस, माओवादी केन्द्रलगायतका दलसँग कुराकानी भइरहेको बताएका छन् । काँग्रेस, माओवादी केन्द्रलगायतका दल सहभागी भएको गठबन्धनसँग सहमति नभए एमालेलगायत अन्य दलहरूसँग गठबन्धन गर्ने उनले योजना बनाएका छन् । चुनावी गठबन्धन बनाएर नै जाने नेता भट्टराईको जोड थियो । यद्यपि चुनावमा गठबन्धन बनाएर जाने कि एक्लै चुनाव लड्ने विषयमा पार्टीले औपचारिक निर्णय भने गरिसकेको छैन । जारी बैठकले त्यसको बारेमा निर्णय गर्ने बताइएको छ ।

यसअघि जसपाबाट अलग भएको कारण आफू पनि पाँच दलीय गठबन्धनको हिस्सा भएको भन्दै नेता भट्टराई सोही गठबन्धनमा रहने इच्छा देखाएका थिए । तर गठबन्धनमा सहमति नभएको कारण बाबुराम भट्टराई अहिले बाहिर बस्न बाध्य छन् । स्रोतका अनुसार नेता भट्टराईप्रति माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सकारात्मक भए पनि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सकारात्मक नबनेपछि काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यसबारे चासो नलिएका हुन् ।

बाबुराम भट्टराईसँग सुरुमा कुनै पार्टी नरहेको कारणले पनि गठबन्धनमा ल्याउन नेताहरूले रुचि नदेखाएको जसपाका एक कार्यकारिणी सदस्यले दाबी गरे । भट्टराईले समाजवादी केन्द्रमार्फत सत्ता गठबन्धनसँग नजिकिन खोजेका थिए तर प्रचण्डले समाजवादी केन्द्र बनाउनमा चासो लिएका छैनन् ।  प्रचण्ड वाम गठबन्धन बनाउनुपर्ने पक्षमा रहेका छन् भने नेता भट्टराई वाम गठबन्धन बनाउने पक्षमा देखाएका छैनन् । नेपाल समाजवादी पार्टीका एक शीर्ष नेताले भने, ‘पहिलो प्राथमिकता सत्ता गठबन्धन र समाजवादी केन्द्र नै रहेको छ, त्यसपछि मात्र एमाले तथा अन्य दल रहनेछन् ।’

नेता भट्टराईले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गठबन्धनलगायतका विषयमा पटक पटक छलफल गरिसकेका छन् । अन्तिममा नभए एमालेसँग गठबन्धन गरेर जाने सोचाई अध्यक्ष भट्टराईको रहेको छ । राताेपाटीबाट साभार

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved