Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अल्पसंख्यक थामि समुदायका बालबालिकाले छाेड्न थाले बिचमै विद्यालय

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 6, 2022
12 shares

चरीकोट । दोलखाको कालिञ्चोक गाउँपालिका–१, उत्तरीगाउँका सीमान्तकृत थामी समुदायका बालबालिकाले बीचमै विद्यालय छाड्ने गरेका छन् । थामी समुदायको बाहुल्य रहेको क्याम्पल, बेगुम्पा, तारेभिरका बालबालिका आधारभूत तहसम्म मुस्किलले रहे पनि कम मात्रै माध्यमिक तहमा पुग्ने गरेका अभिभावक बुधवीर थामीले बताए ।

उनका अनुसार मुस्किलले कक्षा ९ सम्म पुगे पनि पढ्न छाडिहाल्छन् । जतिभन्दा पनि नमान्ने, पढ्न छाडेर गाउँमै हल्लिएर बस्ने गरेका र कोही भने भारततिर जाने गरेका छन् । माथिल्लो कक्षा पास गर्ने भनेको चाररपाँच प्रतिशत मात्र हुन्छन् ।

विद्यालय नभएर होइन, गाउँमा दिव्यश्वरी आधारभूत विद्यालय, सूर्योदय र सेतीदेवी प्रावि र बालोदय माध्यमिक विद्यालय छन् । यी विद्यालयको अभिलेख हेर्दा शिशु कक्षाका १४८ विद्यार्थीमा कक्षा १ मा पुग्दा ११५ हुन्छन् । आधारभूतसम्म विद्यार्थी रहे पनि घट्दै गएर कक्षा १० मा पुग्दा २६ जना मात्र रहेको देखिन्छ ।

वडाध्यक्ष पदम थामीले भने, “परिवार नियोजनसम्बन्धी सचेतना नहुँदा एउटा घरमा कम्तीमा छरसात जना बच्चा जन्मेकै हुन्छन् । यिनीहरूको पालनपोषणका लागि बाबु भारतको दार्जिलिङ, सिक्किम जाने र आमा गाउँघरमा रोजगारी गर्न बाध्य बनेका छन् । आर्थिक अभावले अभिभावकले पनि विद्यालय पठाउनुको सट्टा काममा पठाउने गरेका छन् ।

यस्तै बिगु गाउँपालिक ८ थामिचुँ।गुमा भने अलग तथ्य रहेकाे पाइन्थ्याे।केही समय अघि कालिञ्चाेक माध्यमिक बिद्यालयमा पनि अनाैठाे दृष्य देखिएकाे थियाे।

कक्षा पाँचमा अध्ययनरत बिद्यार्थिले आफ्ना बुवा आमाकाे नाम समेत लेख्न सक्दैन थियाे भने कक्षा ९ मा अध्ययनरत बिद्यार्थीले आफुलाई बिज्ञान बिषय पढाउने शिक्षककाे नाम समेत भन्न सक्दैन थिए।

साे बिषयमा हामी साेहि बिद्यालयमै पुगेर स्थलगत रिपाेर्टिङ गर्दा बिद्यालय व्यवस्थापन समिति देखि बिद्यालयका प्रधानाध्यपक समेत राजनितिक लदका जिल्लास्तरिय नेता रहेकाे पाएपछि साे बिषय लिएर गाउँपालिका शिक्षा साखा, जिल्ला शिक्षा र साे क्षेत्रका एमाले सांसद पार्वत गुरुङ सँग समन्वय गरेर साे बिद्यालय सम्वन्धि ध्यानाकर्षण गराएका थियाैँ। साे बिद्यालयमा पढ्ने ४८० भन्दा बढि विद्यार्थी अधिकांश थामि समुदायकाे रहेकाे थियाे।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved