काठमाडौं । काठमाडौंमा भूकम्पको ठूलो धक्का महशुस भएको छ । शनिबार विहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको हो । यसबारे थप विवरण आउन बाँकी रहेको छ । गत साउन १५ गते खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो । पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो । जसका कारण धेरै धन जनकाे नाश भएकाे थियाे।
- September 29, 2026
