Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रधानमन्त्रीसँग मन्त्री–सचिव बिच छलफल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 3, 2022
3 shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका सबै मन्त्री र सचिवहरूसँग छलफल गर्दै सुशासन प्रवद्र्धन, सेवा प्रवाहमा प्रभावकारिता र आयोजना कार्यान्वयनमा जोड दिन निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार आयोजित विगतका कार्यको समीक्षा तथा चालू आबको बजेट एवं नीति तथा कार्यक्रमको कार्यान्वयनका विषयमा भएको छलफल कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले जनताले अनुभूति गर्नेगरी सेवा प्रवाहमा ध्यान दिनुपर्ने र सुशासन कायम गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री देउवाले विकास आयोजना समयमा नै सम्पन्न हुन नसक्नुका कारण पहिचान गरी ती आयोजना समयमा नै सम्पन्न गर्नेगरी लाग्न मन्त्री र सचिवलाई विशेष निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता महादेव पन्थले जानकारी दिए ।

देउवाले चालू आर्थिक वर्षको नीति योजना र कार्यक्रम तथा बजेटको कुशलतापूर्वक कार्यान्वयन गर्न विषयगत मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन पनि दिए ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले आफू सरकारमा आएपछि कोभिड महामारीको चपेटामा परेका सर्वसाधारण नागरिकलाई कोभिड भ्याक्सिन लगाउन सफल भएको बताए । प्रधानमन्त्री देउवाले मुलुकमा देखापरेका समस्या समाधान गर्न सबै पक्ष एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याए ।

प्रधानमन्त्री देउवाले लामो समयपछि मन्त्री र सचिवसँग अन्तक्र्रिया गरेका हुन् । सो कार्यक्रममा बोल्दै मुख्य सचिव शंकरदास वैरागीले गत वर्ष अपेक्षा गरेअनुसार काम हुन नसकेकाले विगतका कमीकमजोरी हटाएर चालू आर्थिक वर्षमा उपलब्धिमूलक कार्य गर्नुपर्ने आवश्यकता औंल्याए ।

मुख्य सचिव वैरागीले सरकारका निकायबीच छिटै कार्यसम्पादन करार गर्ने गरी आवश्यक योजना तय गरिएको स्पष्ट पारे । मुख्य सचिव वैरागीले सरकारको नीति तथा योजना कार्यान्वयनमा सचिवको विशेष भूमिका रहने भएकाले सचिवहरू जिम्मेवारका साथ लाग्नुपर्ने आवश्यकता औंल्याए ।

सो कार्यक्रमममा विषयगत मन्त्रालयका तर्फबाट मन्त्री तथा सचिवले आ–आफ्नो मन्त्रालयले विगतमा गरेका कामकारबाही र चालू आर्थिक वर्षमा गर्ने कार्यबारे जानकारी गराएका थिए । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved