महानगरले ट्राफिक प्रहरीको कार्यक्षेत्रमा हस्तक्षेप गरेको भन्दै नक्शालसम्म कुरा पुगेको छ । त्यसपछि प्रहरीले आइजीपी धीरजप्रताप सिंहको निर्देशनमा एकतर्फी हटाएको छ ।
आइजीपीले एकतर्फी हटाउन लगाएको भन्दै ललितपुरका मेयर चिरिबाबु महर्जनले फोन गरेर कुरा गरे । आइजीपीले एकतर्फी बनाउन नहुने भनेपछि चिरिबाबुले ठाडै आफ्नो काममा दख्खल नदिन भनेका थिए । उक्त क्षेत्र भैंसेपाटी र सानेपा जाने महत्वपूर्ण चोक पनि हो जहाँ भीआइपी भनिएकाहरुको बस्ती बढी छ ।-File Photo
