Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

घरको बैना विवादले परिवार नै सखाप

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 1, 2022
21 shares

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा सोमबार एकै परिवारका ४ जना मृत फेला परेका छन् । काठमाडौंका प्रहरी प्रमुख भरत बोहराका अनुसार आफ्नै घरभित्र बाबु, आमा र छोराछोरी मृत भेटिएका हुन् ।

प्रहरी अधिकृतहरुका अनुसार गोरखाको भीमसेन थापा गाउँपालिका-६ घर भई काभ्रेस्थली बस्दै आएका दिनेश कार्कीले श्रीमती सुनिता काप्री पाण्डे र छोराछोरीको हत्या गरेर आत्महत्या गरेको आशंका गरिएको छ ।

घटनास्थलमा ‘सुसाइड नोट’ पनि भेटिएको छ, जुन दिनेशको भएको मानिएको छ । प्रहरीका अनुसार सुनिता ६ महिनाको सिजनल भिसा बेलायत जाने तयारीमा थिए । सुनिता दुई सातापछि बेलायत उड्ने तयारीमा थिए । पारिवारिक झगडाकै कारण दिनेशले श्रीमती र छोराछोरीको हत्या गरेर आत्महत्या गरेको आशंका घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरुले गरेका छन् ।

दिनेश करिव १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि नेपाल फर्किएका थिए । दिनेश र सुनिता पारिवारिक झगडा लिएर ३ पटकसम्म प्रहरीको वालाजु वृत्तमा पुगेको पाइएको छ ।

काभ्रेस्थलीमा सोमबार ८ बजेतिर आर्मी स्कुलको गाडी रोकियो । गोरखा भिमसेनथापा गाउँपालिका–६ घर भएका ४१ वर्षीय दिनेश पाण्डेकी छोरी आशिका सैनिक स्कुलमा पढ्थिन् ।

गाडी धेरैबेर रोकियो तर आशिका बस चढ्न आइनन् । स्कुलका स्टाफले बोलाइदिन आग्रह गरेपछि एकजना छिमेकी पाण्डेको घरमा गए । पदमसालस्थित मुल सडकबाट करिब २ सय मिटरभित्र रहेको एकतले घरको ढोका खुलेन । झ्यालबाट हेर्दा विभत्स दृश्य देखियो ।

सुनिता भुइँमा मृत अवस्थामा पल्टिरहेकी थिइन् । खाटमा दुई नाबालक १३ वर्षीया छोरी आशिका र ८ वर्षका आशिक मृत अवस्थामा थिए । दिनेशलाई छिमेकीले देखेनन् ।

प्रहरी पुगेर ढोका फुटाउँदा दिनेश पनि अर्को कोठामा मृत अवस्थामा पल्टिरहेका थिए । दिनेशको पेटमा चक्कुले रोपेको डोब थियो । घाँटीमा बिजुलीको तार बाँधिएको थियो । झुण्डिने प्रयास गरेको तर, उनी झुण्डिन नसकेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरुले दिनेशले आफ्ना सन्तान र पत्नीको हत्यापछि आत्महत्या गरेको निष्कर्ष निकालेका छन् । ‘हत्यापछि आत्महत्या गरेको हाम्रो प्रारम्भिक अनुसन्धान निष्कर्ष छ,’ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीसँग भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

घटनास्थलबाट प्रहरीले १० पेज लामो सुसाइड नोट बरामद गरेको छ । दिनेशले सुरुमा पत्नीसँग आफ्नो लामो गुनासो लेखेका छन् । खाडी मुलुकमा चर्को घाममा पसिना बगाएर फर्केको तर, सुनिताका दाजुभाइले आफ्नो परिवार सखाप बनाएको दिनेशको आरोप छ । उनी ११ वर्ष कुवेतमा बसेर ४ वर्षअघि स्वदेश फर्केका थिए । पछिल्लो समय उनले तारकेश्वरमा घर नजिकै फेन्सी र इलेक्ट्रिक पसल चलाएका थिए । इलेक्ट्रिक सामग्री मर्मत र बिजुलीको काम गर्न दिनेश सिपालु थिए ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार परिवारमा बेमेल थियो । माइती पक्षका दाजु–भाइको आडमा आफूलाई हेपेको भनेर दिनेशले ‘बदला’को भावना साँचेको सुसाइड नोटमा देखिन्छ । सुनिताले आफ्नो मोबाइल पतिलाई छुन नदिने र शौचालय जाँदा पनि सँगै लैजाने गरेको सुसाइड नोटमा उल्लेख छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘पत्नीको मोबाइलमा तेस्रो मान्छेको मेसेज आएको भनेर उनीहरुको बिचमा झगडा हुने गरेको देखिन्छ ।’

२०७७ माघमा दिनेशले आफूलाई तरकारी काट्ने चक्कुले हिर्काएर हत्या प्रयास गरेको भनेर सुनिताले प्रहरी वृत्त बालाजुमा उजुरी गरेकी थिइन् । ‘मलाई चौकीमा लगेर थुनाउने काम गरियो,’ सुसाइड नोटमा दिनेशले लेखेका छन्, ‘मलाई झुटो मुद्दा लगाएर सुनिताका दाजु र भाइले मेरो सम्पत्ति हडप्न खोजेको मैले बुझेको छु ।’

पारिवारिक कलहका कारण हत्या र आत्महत्याको बाटो रोजेका दिनेशले आफ्ना कलिला दुई सन्तानको हत्याबारे यस्तो लेखेका छन्, ‘बच्चाको मायाले यिनीहरुलाई पनि सँगै लैजाने निर्णय लिएँ ।’ सुसाइड नोटमा दिनेशले पत्नीलाई ‘प्रिय सुनिता’ सम्बोधन गरेका छन् ।

तारकेश्वरको घर सुनिताको नाममा थियो । सो घर बेच्नेबारे सल्लाह भए पनि सुनिता राजी भइनन् । त्यसपछि दिनेश एक्लैले १० लाख बैना रकम लिए । सो कुरा सुनिता र माइती पक्षलाई थाहा भएपछि विवाद चर्कियो । बैना फिर्ता गर्न दबाब आएपछि त्यही घर धितो राखेर उनीहरुले १८ लाख ऋण लिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।

घर बेच्नेबारे विवाद भएपछि माइती पक्षले सुनितालाई बेलायत पठाउने तयारी गरे । बेलायत जान उनको ‘सिजनल भिसा’ लागिसकेको थियो । तर, उनको बेलायत उड्ने सपना अपुरो भएको छ । नाबालक छोराछोरी र पत्नीको शरीरमा चक्कुका धेरै डोब छन् । दिनेशको पेटमा पनि चक्कुको डोब देखिन्छ । छतमा पनि रगत लतपतिएको भेटिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् । ३ जनाको हत्यापछि उनी चक्कुले आफैलाई प्रहार गरेर छतमा पुगेको हुनसक्ने एकजना अनुसन्धान अधिकृतले बताए । ती अधिकृतले भने, ‘चक्कुले आफैलाई घोपेर छतमा गएको र फर्केर झुण्डिने प्रयास गरेको देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved