Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

के हृदयन्द्र शाह राजा बन्लान् त !

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 30, 2022
6 shares

काठमाडौं। हृदयन्द्र शाह नेपालका अन्तिम नवयुवराज । राजसंस्था हुँदा उनी बालकै थिए र नवयुवराज भनिन्थे । हृदयन्द्रलाई आफू नवयुवराज भएको याद पनि नहुनसक्छ । ६ वर्षका बालक हृदयन्द्र राजसंस्थाको अन्तसँगै नारायणहिटीबाट आफ्ना हजुरबा तत्कालीन राजा ज्ञानेन्द्र शाह र मातापितासँगै बाहिरिनुपरेको थियो ।

हृदयन्द्र २० वर्ष पुगे । उनी अमेरिकामा अध्ययनरत छन् । बिदाको समय पारेर आएका छन् । यसपटकको जन्मदिन नेपालमै मनाउन आए । हृदयन्द्र बालक हुँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई एउटा प्रस्ताव पठाएः ‘बेबि किङ’ । ज्ञानेन्द्रलाई गद्दी छाडेर नातिलाई गद्दीमा राख्न उनले विभिन्न माध्यमले खबर पठाएका थिए ।

गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले सार्वजनिक रुपमै ‘बेबि किङ’ को सम्भावना औल्याएकी थिइन् । गणतन्त्रको माग गरिरहेकाहरुलाई त्यो अभिव्यक्तिले चिढ्यायो । सुजाता आलोचित भइन् । तैपनि, पिता गिरिजाप्रसाद कोइरालाले राजसंस्थाका लागि ठाउँ राख्ने चाहनाबारे खुलाइन् ।

कोइरालाले ‘बेबि किङ’ भन्नुमा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएर अलोप्रीय हुनु, कोइराला स्वयंलाई ज्ञानेन्द्रप्रति असन्तुष्टि हुनु पनि थियो । अर्कोतर्फ, तत्कालीन युवराज पारस शाह निकै अलोकप्रीय थिए । यसकारण कोइरालाले दरबारनिकटस्थहरुमार्फत् महत्वपूर्ण प्रस्ताव पठाए । तर, ज्ञानेन्द्र शाहले त्यसलाई ठाडै अस्वीकार गरेको बताइन्छ ।

राजसंस्था अन्त भएको १५ वर्ष पुगेको छ । अझै पनि देशमा राजसंस्था फर्कने सम्भावनाबारे विश्लेषण हुने गरेको छ । राजसंस्था अन्तपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले दरबार मात्र छाडेको तर देश नछाडेको तर्क एकाथरीको छ । विश्वमा राजसंस्था अन्त हुँदा राजाले देश छाडेको या मारिएको इतिहास छ । त्यो नेपालमा भएन ।

राजसंस्था पुनःस्थापनाको माग गर्ने मूलधारका राजनीतिक शक्तिहरु पनि छन् । यतिसम्मकी प्रमुख दल नेपाली काँग्रेस र नेकपा एमालेभित्र पनि राजसंस्था फर्काउने पक्षधरहरु उल्लेख्य संख्यामा छन् । उनीहरुमध्ये केहीले मात्र मुख फोरेका छन् ।

राजसंस्था फर्किन सजिलो छैन । तर, राजनीतिमा असम्भव भन्ने हुँदैन । ज्ञानेन्द्र शाह वृद्धावस्थामा पुगिसकेकाले उनको पालामा त्यो सम्भावना देखिदैन । पारस शाह अलोकप्रीय छन् । राजसंस्था फर्किएमा राजा बन्ने भनेको हृदन्द्र शाह नै हो । विगतमा गिरिजाप्रसाद कोइरालाले भनेका बेबि किङ उनै हृदयन्द्र शाह नै थिए । समयले हृदयन्द्रलाई राजगद्दीमा पुर्याउला ? यो भविष्यको गर्भमा लुकेको छ । आँकलन गर्न कठिन छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved