Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

केबलकारमा अस्ट्रेलियाको नम्बर वान कम्पनीको प्रविधि प्रयोग गरेका छौं, चिन्ता छैन : अध्यक्ष ढकाल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 29, 2022
9 shares

काठमाडौ ।  चन्द्रागिरि केबलकारमा कुनै समस्या नरहेको कम्पनीले दाबी गरेको छ । केबलकार सञ्चालक चन्द्रागिरि हिल्स प्रा.लि.ले शुक्रबार पत्रकार सम्मेलन गर्दै सुरक्षा तथा जोखिमको निकै सजगता अपनाएको भन्दै चिन्ता लिनु नपर्ने बताएको हो ।

कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारमा अस्ट्रेलियाको डुपलमेयर नामक उच्च स्तरिय प्रविधि तथा मेसिन प्रयोग गरिएकाले उत्कृष्ट रहेको बताए । यद्यपि, कुनै समय आपतकालिन अवस्थामा केबलकारको गोण्डुला रोकिए तत्काल इमर्जेन्सी ड्राइभबाट उद्वार गरिने उनले बताए ।

‘सुरक्षाको मामलामा कम्पनीले कुनैपनि सम्झौता गर्दैन । यात्रुहरूको वा केबलकार प्रयोगकर्ताहरूको सुरक्षामा हामी निकै सजक र सचेत छौं’ अध्यक्ष ढकालले भने, ‘अस्ट्रेलियाको नम्बर वान कम्पनीको प्रविधि प्रयोग गरेका छौं, चिन्ता छैन । यो आफैमा सुरक्षाको ग्यारेन्टी जस्तै हो ।’

सोही अवसरमा अध्यक्ष ढकालले बिजुली गएमा जेनेरेटर प्रयोग गरिने र कुनै समयमा प्राविधि समस्याका बाबजुद त्यो पनि नभए इमर्जेन्सी ड्राइभमार्फत तत्काल उद्वार गरिने बताए । यस्तो उद्वार वीथ ईन, २५–३५ मिनेट भित्र गरिसकिने इन्जिनियर सरोज चापागाईँले बताए । यात्राकै क्रममा गोण्डुलामा रोकिएकाहरुलाई इमर्जेन्सी ड्राइभमार्फत उद्वार गर्ने र टप स्टेसनमै रोकिएका र तल झर्न असम्भव भएको अवस्थामा कम्पनीकै रिसोर्टमा खाने बस्नेको प्रवन्ध गरिने अध्यक्ष ढकालले बताए ।

केही समयअघि नियमित केबलकारको गोण्डुला रोकिएपछि बजारमा चर्चासँगै यात्रुहरूमा त्रास फैलिएको थियो । लगत्तै कम्पनीले सोही त्रास र हल्लालाई चिर्न पत्रकार सम्मेलनको आयोजना गरेको हो । साथै, पछिल्लो पटक कम्पनीले केबलकार सञ्चालनको समय समेत थप गरेको जानकारी दिएको छ । यसअघिको समय सीमा बढाउँदै कम्पनीले साउन १ गतेदेखि दैनिक बिहान ८ बजेदेखि बेलुका ९ बजेसम्म केबलकार सञ्चालनमा ल्याएको जनाएको छ । बेलुका अफिस सकेर चन्द्रागिरि उक्लिन चाहनेहरुका लागि पनि सहज होस् भन्ने उद्देश्यले केबलकार सञ्चालनको बेलुकीको समय थप गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved