खाेटाङ। जिल्ला अदालत खाेटाङका जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यकाे सट्टामा न्यायाधीश शुभाषबाबू पुरी जाने भएका छन्।
सुनसरी जिल्ला अदालतमा कार्यरत पुरीलाई न्याय परिषदले न्यायाधीशहरकाे सरुवा गर्ने निर्णय गरे सँगै खाेटाङ जिल्ला अदालतका लागि ताेकिएकाे हाे।
हिजाे मंगलबार बसेकाे न्याय परिषदकाे बैठकले २२४ जिल्ला न्यायाधीशहरुकाे सरुवा गर्ने निर्णय अनुसार न्यायाधीश पुरी खाेटाङ र न्यायाधीश आचार्य चितवनका लागि ताेकिएकाे न्याय परिषदका प्रवक्ता मानबहादुर कार्किले बताएका छन्। चितवन जिल्ला अदालतमा सरुवा भएका न्यायाधीश मातृकाप्रसाद आचार्यले गत बैशाखमा सम्पन्न स्थानिय तह निर्वाचनमा खाेटाङकाे मतगणनाहरुलाई राम्राे र सर्हानिय तवरले सम्पन्न गराएका कारण जिल्लामा राजनितिक पार्टिहरुले समेच रुचाएका न्यायाधीश मानिन्छन्।file photo
