काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ। बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको तथ्याङ्क विधेयक, २०७६ प्रस्तुत् गर्नेछन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ संसदमा पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। File photo
