काठमाण्डौ । विश्वको सर्वोच्च शिखर सगरमाथामाको ६८ औं अन्तराष्ट्रिय दिबस माइदै छ ।
सन् १९५३ मे २९ तारिखमा तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । आज आरोहणको हिसाबले ६८ औं सगरमाथा दिवस तथा १४ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस हो ।
नेपालमा २०६४ सालदेखि सगरमाथा दिवस मनाउन थालिएको हो । यस वर्ष कोरोना महामारीकै बीचमा पनि सगरमाथा आरोहण भइरहेको छ । सगरमाथा आरोहणको ६८ वर्षे इतिहासमा झण्डै सात हजार आरोहीहरू सगरमाथा शिखरमा पुगिसकेका पर्यटन विभागले जनाएको छ ।
