Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

क्यालेन्डरको गृहकार्यमा सङ्घीय संसद्

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 20, 2022
0 shares

काठमाडौं, । सङ्घीय संसद्ले संसद् अधिवेशन प्रारम्भ र अन्त्यको विषयलाई अनुमानयोग्य बनाउने गरी वार्षिक कार्यतालिकामा (क्यालेन्डर) निर्माणसम्बन्धी अध्ययन कार्य अघि बढाएको छ ।

संसदीय व्यवस्था रहेका मुलुकमा सदनको सञ्चालन अवधि, काम कारबाही, समिति सञ्चालनलगायतका व्यवस्था समेटेर क्यालेन्डर निर्माण गर्ने अभ्यास छ तर नेपालमा कार्यतालिका अनुसार संसद् चलाउने अभ्यास छैन । उक्त कमीलाई परिपूर्तिका लागि क्यालेन्डर निर्माणको अध्ययन थालिएको हो । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालको संयोजकत्वमा अध्ययन भइरहेको छ ।

मोटामोटी रूपमा संसद्का अधिवेशन प्रारम्भ र अन्त्य तथा साप्ताहिक रूपमा सदनले सञ्चालनका दिनलगायत तोक्ने गरी अहिले अध्ययन भइरहेको सचिव फुयालले जानकारी दिए । उनले भने, “अधिवेशनको प्रारम्भ र अन्त्य कहिले हुने तथा हप्तामा कुन कुन दिन बैठक बस्ने कुन कुन विषय हुने भन्ने निश्चित गरेर क्यालेन्डर निर्माण अध्ययन भइरहेको छ । मोटामोटी रूपमा दुईवटा एक्टिभ सेसन हुने र अन्य अवधि सांसदलाई पनि आफ्ना निर्वाचन क्षेत्रलगायतका काम गर्न पाउने गरी तालिकाको गृहकार्य भइरहेको छ ।”

क्यालेन्डरमा हिउँदे अधिवेशनको आह्वान र अन्त्यको समय निश्चित गरिने छ । साथै बर्खे अधिवेशन कहिले सुरु हुने र कहिले सकिने पनि क्यालेन्डरमा समेटिने छ । तयारीअनुसार आइतबारदेखि बिहीबारसम्म सदनको पूर्ण बैठक बस्ने छ भने शुक्रबारदेखि आइतबारसम्म सदन नचलाउने गरी अध्ययन भइरहेको छ । तीन दिनको खाली अवधि हुँदा विधेयकमाथि संशोधन दर्तालगायतका प्रक्रियालाई समय हुनेछ ।

क्यालेन्डर निर्माणकै क्रममा सरकारसँग समेत परामर्श हुनेछ । तर्जुमा भएकै क्यालेन्डरअनुसार सरकारले अधिवेशन आह्वान र अन्त्य गर्नेछ । जसले संसद्को अधिवेशन र काम–कारबाहीलाई अनुमानयोग्य बनाउने छ । मूल सदनको क्यालेन्डर प्रभावकारी बनेमा समिति र विधेयकको पनि क्यालेन्डरमा अध्ययन हुने सचिव फुयालले बताए।

अध्ययन समितिले मस्यौदालाई अन्तिम रूप दिनुअघि राजनीतिक दलका संसदीय दलका पदाधिकारीसँग पनि छलफल गरेर अन्तिम रूप दिनेछ । तयार प्रतिवेदनलाई सचिवालयले महासचिवमार्फत सरकारलाई पठाइने छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved