काठमाडौं । काठमाडौंकाे जोरपाटीस्थित चामुण्डामा पानीका लागि बोरिङ खन्दा ग्यास निस्किएको छ । स्थानीय सन्तबहादुर लामाको घरमा पानीका लागि बोरिङ खन्ने क्रममा उकणत ग्यास निस्किएको हो । प्रत्यक्षदर्शि राेसन लामाकाे अनुसार पानीका लागि बोरिङ खन्ने क्रममा सोमबार बिहान १०ः१० बजेदेखि उक्त स्थानबाट ग्यास निस्किएको हो । बालुवा र लेदोसहित निस्किएको ग्यास करिब ५० मिटर माथिसम्म पुगेको लामाले बताए । लामा फ्रिज तथा एसि मर्मतका लागि त्यस ठाउँ पुगेका थिए भने उनकाे पसल चुचेपाटिमा रहेकाे समेत जनाए।
प्रहरी र स्थानीयले दुर्घटना हुन नदिन त्यस क्षेत्रमा आगो बाल्न दिएका छैनन् । यसअघि पनि राजधानीका विभिन्न स्थानमा बोरिङ खन्ने क्रममा मिथेन ग्यास निस्कने गरेको समाचार सार्वजनिक हुने गरेको थियो ।
