Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जेठ १८ गतेबाट कतार लगायत ३ देशमा उडान सुरु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 28, 2021
216 shares

काठमाडौं, १४ जेठ । सरकारले आगामी जेठ १८ गतेबाट चीन, कतार र टर्कीमा हवाई उडान सुरु गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले मन्त्रिपरिषद्को बैठकले चीन, कतार र टर्कीका लागि हप्तामा एक दिन हवाई उडान सञ्चालन गर्न दिने गर्ने निर्णय गरेको जानकारी दिए ।

शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ढकालले अत्यावश्यक भएका यात्रुको समस्या सम्बोधनका लागि उडान सुरु गर्ने निर्णय भएको जानकारी गराए ।

साथै उडान नभएको समयमा हुन सक्ने विभिन्न किसिमका अनियमिततालाई रोक्नका लागि पनि सातामा एक उडानको अनुमति दिने निर्णय भएको उनले बताए ।

उनले भने– ‘फ्लाइटहरु बन्द भएका कारणले विभिन्न खालका कुटनीतिक प्रयासहरूबाट जाने र अरु अनुरोधहरुबाट कतिपय फ्लाइटहरु जाने हुँदा त्यसमा पनि अनियमितता हुने भएको हुनाले बरु थोरै देशबाट भएपनि नियमित खालका उडानहरूलाई गरियो भने कम्तिमा त्यसमा अनियमितताहरू नहुने कुरा, व्यक्तिहरुका बीचमा अलि खुल्ला हुने कुरा र हप्तामा एकचोटी जान्छ भनेपछि आफ्नो सेड्युल बनाएर मान्छे जानसक्छ भनेर हिजोको मन्त्रिपरिषद् बैठकबाट हामीले चीन, कतार र टर्कीको निम्ति हप्तामा एकचोटी नियमित फ्लाइट गर्ने भन्ने कुरालाई संस्थागत रुपमा निर्णय गरेका छौँ ।’

मन्त्री ढकालका अनुसार ती मुलुकबाट नेपाल आउने यात्रुले कोभिड १९ संक्रमण विरुद्धका दुवै मात्रा खोप लगाएको भए होम क्वारेन्टिनमा बस्नुपर्ने, एक मात्रा मात्रै खोप लगाएको व्यक्ति होटलमा ३ दिन क्वारेन्टिनमा बस्नुपर्ने, ७२ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट लिएर आएका यात्रु १० दिन अनिवार्य होटल क्वारेन्टीनमा बस्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved