काठमाडौं । इरानको राजधानी तेहरानमा प्रहरीले भर्खरै त्यहाँका पार्कमा कुकुरहरू घुमाउनु ‘अपराध’ भएको घोषणा गरेको छ। यो प्रतिबन्ध ‘जनताको सुरक्षा’ को दृष्टिकोणबाट आवश्यक भएको घोषणा गरिएको हो ।
यति नै बेला महिनौंको बहस पछि इरानको संसदले चाँडै ‘जनावरहरूविरुद्धको मानव अधिकारको संरक्षण’ नामक विधेयकलाई अनुमोदन गर्न लागेको छ।
यसो गरेपछि देशभरका घरमा कुकुर, बिरालो जस्ता घरपालुवा जनावर राख्नु एउटा अपराध हुनेछ ।
