काठमाडौं । मृत्युसंग डरलाग्नु स्वभाविक हो। अधिंकास मानिस मृत्युसंग डराउँछन्। दिउँसो भन्दा राती बढी डर लाग्छ, किनरु जुन कुराको यथार्थ थाह हुदैन, जुन देख्न सकिदैन, त्यसबाट डर पैदा हुनु सामान्य हो। तर साच्चैँ मृत्यु के हो ?
मृत्युसंग किन डर लाग्छ ? : मृत्यु शब्द सुन्ने बित्तिकै सबैभन्दा पहिले ‘सबैकुराको अन्त्य हुने’ सोच आउँछ। ‘सबैकुराको अन्त्य’ हुने सोच नै डरको कारण बन्न जान्छ। जे हुदैछ त्यसको अन्त्य होस्, हामी चाहदैनौ। तैपनि दुःखको अन्त्य होस भनि कामना गर्ने गर्छौ।
मृत्युले राम्रा वा नराम्रो दुवैमा परिवर्तन ल्याउँछ। मृत्यु पश्चात आत्मा एउटा शरिरबाट अर्को भौतिक शरिरको खोजीमा निस्कन्छ। अर्थात आत्मा एक नयाँ जीवनको खोजीमा बुढो शरिरलाई छोडिदिन्छ।
मृत्यु पछि के हुन्छ ? : मृत्युपछि के हुन्छ, यो बहसको मात्र विषय हो। मृत्यु पछिको सत्यता जीवन छदै थाह पाउन सकिदैन। थाह नभएको विषय भएकाले नै मृत्युको डर लाग्ने गर्छ। मृत्यु पछिको सन्दर्भमा ‘स्वर्ग’ र ‘नर्क’ निकै प्रचलनमा रहेको विषय हो।
तर ‘स्वर्ग’ र ‘नर्क’ जीवन छदै अनुभव गरिन्छ, जसको लागि मृत्यु नै पर्खनु पर्दैन। बालककाल देखि नै मृत्यु अनि स्वर्ग र नर्कको बारेमा धेरै विषय थाह भइसकेको भए पनि कुनै पनि तथ्य वा विचार भरपर्दा छैनन, झुक्याउनलाई भनिए जस्तै।
