Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

यस्ता छन् ओमिक्रोनका लक्षणहरु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 15, 2022
9 shares

काठमाडौं । अहिले कोरोना भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन विश्वभरि तिब्र गतिमा फैलिरहेको छ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अझै पनि मानिसहरूले कोभिडका आधारभूत लक्षणहरूबारे ध्यान दिनुपर्ने बताएको छ।

आधारभूत लक्षणहरु :

निरन्तरको खोकी

ज्वरोरउच्च तापक्रम

स्वाद वा गन्ध परिवर्तन हुने वा हराउने

तर अनुसन्धानकर्ताहरू कतिपय व्यक्तिले एकदम नराम्रो चिसो लागेको जस्तो महसुस गर्नसक्ने बताउँछन्।

यूकेको तथ्याङ्कअनुसार अहिलेसम्म ओमिक्रोन भेरिअन्टका प्रमुख पाँच लक्षण यस्ता छन् :

नाकबाट पानी बग्ने

टाउको दुख्ने

शरीर गल्ने (मध्यम वा गम्भीर स्तरको)

हाच्छिउँ

घाँटी दुख्ने

यदि तपाईँलाई कोभिड भए जस्तो लाग्यो भने परीक्षण गराउनु महत्त्वपूर्ण छ। गम्भीर बिरामी भएका व्यक्तिहरूले अरूलाई पनि जोखिममा पार्न सक्छन्।

के ज्वरो देखापर्नु भनेको कोरोनाभाइरस हो ?

उच्च तापक्रम भनेको ३७ दशमलव ८ डिग्री सेल्सियस वा त्यो भन्दा माथि हो। यस्तो ज्वरो कोरोनाभाइरस मात्र नभई शरीरले कुनै पनि सङ्क्रमणसँग जुझिरहँदा पनि आउनसक्छ।

थर्मामिटर प्रयोग गर्नु एकदमै उपयुक्त हो। तर यदि तपाईँसँग छैन भने आफूले वा तपाईँ चिन्तित भएको व्यक्तिले छाती वा पछाडि छुँदा तातो महसुस गर्छन् कि गर्दैनन् भनेर जाँच्नुहोस्।

चिसो लाग्दा ज्वरो आउने सम्भावना कम हुन्छ। ज्वरो आएपछि कोरोनाभाइरस परीक्षण गराउनुहोस्।

के खोकी लक्षण हो ?

यदि तपाईँलाई चिसो लागेको छ वा फ्लु भएको छ भने तपाईँलाई खोकी लाग्ने र अरू लक्षण देखा पर्न सक्छ।

फ्लु अकस्मात् देखापर्छ र यसबाट ग्रस्त हुने व्यक्तिहरूको जीउ दुख्ने, टाउको दुख्ने, शरीर गल्ने र नाकबाट पानी बग्ने अनि खोकी आउने सहितका लक्षण देखिन्छ। एकदमै चिसो लागेको भन्दा खराब महसुस हुन्छ।

चिसो बिस्तारै विकास हुँदै जान्छ र यो कम घातक हुन्छ। तर पनि यसले तपाईँलाई असहज बनाउन सक्छ।

खोकीसहित रुघा लाग्ने र घाँटी दुख्ने अनि नाक बग्ने लक्षण देखिन सक्छ। ज्वरो, काम छुट्ने, शरीर दुख्ने र टाउको दुख्ने दुर्लभ हुन्।

कोरोनाभाइरसको खोकी भने अरू बेलाको भन्दा लगातार खोकी हो।

यदि तपाईँलाई पुरानो स्वास्थ्य अवस्थाका कारण खोकी लाग्छ भने त्यो अरू बेला भन्दा खराब हुनसक्छ।

तपाईँले नयाँ र निरन्तरको कफ अनुभव गर्नुभयो भने कोरोनाभाइरसको परीक्षण गर्नुपर्छ।

स्वाद वा गन्ध परिवर्तन वा गुमाउनु भनेको के हो ?

यो कोरोनाभाइरसको मुख्य लक्षण हुन र यस्तो अवस्थामा परीक्षण गराउनुपर्छ।
साधारण चिसोले पनि यस्तो हुनसक्छ। तर असहज महसुस नभए पनि तपाईँले अरूमा भाइरस नसरोस् भन्नका लागि परीक्षण भने गराउनुपर्छ।

के हाच्छिउँ आउनु कोरोनाभाइरसको लक्षण हो ?

हाच्छिउँ कोरोनाभाइरसको आधारभूत लक्षण होइन। खोक्दा निस्कने कणहरूले सङ्क्रमणहरू फैलाउन सक्छन् त्यही भएर टिस्युको प्रयोग गरी तिनलाई समात्नुपर्छ र फोहोर फाल्ने भाँडामा फाल्नुपर्छ। त्यसपछि हात धुनुपर्छ।

सामाजिक दूरी कायम गर्न सम्भव नभएको अवस्थामा अनुहार ढाक्ने मास्कको प्रयोग गर्नुपर्छ । आफ्नो घरभन्दा परका व्यक्तिबाट दूरी कायम गर्ने ।

नाक बग्ने वा बन्द हुने वा टाउको दुख्ने चाहिँ के हो ?

स्वास्थ्य अधिकारीहरूले नाकबाट पानी बग्नु वा टाउको दुख्नु कोभिडको लक्षण नै हो भन्न नसकिने बताउँदै आएका छन्। तर अनुसन्धानहरूले कोभिड देखा परेका कतिपय व्यक्तिमा यी लक्षण भएको बताएका छन्। अमेरिकी निर्देशिकाले कोरोनाभाइरस भएका मानिसमा यस्तो लक्षण देखिनसक्ने उल्लेख गरेको छ।

ज्वरो आउने वा जीउ काम्ने

खोकी

सास फेर्न अप्ठेरो वा गाह्रो हुने

गल्ने

छाला वा शरीर दुख्ने

टाउको दुख्ने

स्वाद वा गन्ध जाने

घाँटी दुख्ने

नाक बग्ने वा बन्द हुने

बान्ता आउने वा वाकवाक लाग्न सक्ने

पखाला लाग्नु

यस्तो अस्वस्थ भए के गर्ने ?

कोरोनाभाइरस भएका मानिसहरूमा मध्यमदेखि गम्भीर प्रकारका लक्षणहरू देखा पर्छन्। कतिपयमा केही पनि लक्षण नदेखिए पनि सङ्क्रमण भएको हुनसक्छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved